A Levels MA

९ बजेपछि विद्यालय बस चल्न नपाउने

अबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै काठमाडौं भित्र रहेका विद्यालयहरुले ९ बजेभित्र विद्यार्थिहरुलाई कम्पाउण्ड भित्र प्रवेश गराइसक्नुपर्ने छ । सो नियम गत १ माघदेखि लागु भएको हो । 

जसअन्तर्गत् स्कुल बसहरु विहान ९ बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउडभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । कार्ययोजना अनुसार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले स्कुल बसहरु विद्यालय हाताभित्र ९ बजेसम्म प्रवेश गराइसक्नुपर्ने वातावरण निर्वाह गर्नुपर्नेछ ।

त्यसका लागि प्याव्सन, एन प्याव्सन, हिसान र शिक्षक अभिभावक संघलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

शिक्षा मन्त्रालयले पनि सम्वन्धित निकायलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । 

Thuprai - Books and E-books