सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपियाँ पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले अहिले सार्वजनिक गरेको बजेट भाषणमा उक्त घोषणा गरेका हुन् ।
बजेट भाषा प्रस्तुत गर्दै उतले भनेका छन्, 'प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारश्रमिक उपलब्ध गराइने छ । नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार रुपियाँ पुर्याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ ।'
प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएको उनले सार्वजकिन गरेका छन् ।