बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान सच्याउनुपर्ने

बजेट भाषणको बुँदा नम्बर १६६ मा उल्लिखित संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमन जस्ता कार्यक्रम त्रुटिपूर्ण

बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान सच्याउनुपर्ने सच्याउनुपर्ने भनेर संसद्को उपसमितिको बैठकले सिफारिस गरिसकेकाले केही दिनमा यसको परिणाम समेत आउने प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले बताए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर समितिद्वारा आयोजित शिक्षक अनलाइन कार्यशालामा पूर्वमन्त्री अधिकारीले बजेट भाषणको बुँदा नम्बर १६६ मा उल्लिखित संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमन जस्ता कार्यक्रम त्रुटिपूर्ण भएको बताए ।

 संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीले बन्दाबन्दी समयमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणका लागि शिक्षकलाई पनि प्रविधिमा जोड्नुपर्ने आवश्यकता औँल्याए ।

 कार्यशालाको दशौँ दिनमा संगठनका सदस्य खेम पौडेल र प्रदेश प्रतिनिधि भीम सुवेदीले गुगल ड्राइभ र डकुमेन्टसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको समीक्षा गर्दै संगठन गण्डकी प्रदेश उपाध्यक्ष गंगा शर्मा, संगठन राष्ट्रिय समितिका केन्द्रीय सदस्य लोचना अधिकारी र रसुवा जिल्ला सचिव राजन न्यौपानेले आआफ्नो धारणा राखेका थिए ।

Thuprai - Books and E-books