After SEE Portal

रु. २ करोड छात्रवृत्तिको घोषणा गर्दै भर्चुअल एडुफेयर

Bridge Course

योग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीलाई रु. दुई करोडको छात्रवृत्तिको घोषणा सहित भर्चुअल एडुफेयर–२०२० को आयोजना गरिएको छ ।

कलेज रिडर्स म्याग्जिनको आयोजना तथा हिसान काठमाडौंको सहयोगमा आयोजित एडुफेयर साउन २१ गतेदेखि भदौ १० गते सम्मसम्म जारी रहने छ । सो फेयरबाटै छात्रवृत्ति पाउने विद्यार्थीको छनोट गरिने भएको छ ।

सो फेयरमा कक्षा ११ मा पढ्ने विद्यार्थीले अनलाइनमार्फत नै छात्रवृत्ति आवेदन फारम र अनलाइमा नै परीक्षामा सहभागी गराइँदै आएको कलेज रिडर्सका कार्यकारी अधिकृत जीतेन्द्र घिमिरेले जानकारी दिए ।

आवेदन फारम भरेका विदार्थीले तत्काल अनलाइनबाट परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ । फेयरले दुई माध्यमबाट छात्रवृत्तिका लागि छनोट गरिने भएको छ । छात्रवृत्ति प्रदानका लागि विद्यार्थीले अनलाइन परीक्षा र अर्को निबन्धलेखन, कविता लेखन र स्पिचबाट छनोट गरिने आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार देशैभरिबाट अनलाइन परीक्षा उत्तीर्ण २०० जना र निबन्धलेखन, कविता लेखन र स्पिचका माध्यममा छनोट भएका पाँचपाँच जना उत्कृष्ट विद्यार्थीलाई कक्षा ११ १२ का लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजक समितिका सदश्य तथा हिसान काठमाडौका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले बताए ।

फोटोः एडुफेयर २०२०को फेसबुक पेजबाट

‘छात्रवृत्ति पाउनका लागि विद्यार्थीले फेयरमा सहभागी भएका कलेज छान्नु पर्ने छ ।’ अधिकृत घिमिरेले भने, ‘मेलामा सहभागी कलेजको बारेमा ३६० डिग्री क्यामेराबाट खिचिएको फोटो, भिडियो मा विद्यालय तथा कलेजको पूर्वाधार विकास, फर्निचर, कक्षाकोठा, लगायत विद्यालय तथा कलेजकोबारेमा भौतिक भ्रमण जस्तै गरी भर्चुअल टुर मार्फत कलेज घुमाउँछौं ।’

एसईई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले आयोजना गरिएको मेलामा उपत्यकाका ४० र उपत्यका बाहिरका गरी जम्मा १५० कलेजले आफ्नो पाठ्य विषय समूह र कलेजले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रदर्शन गरिरहेका छन् ।

उपत्यका बाहिरका विद्यार्थीको आकर्षण बढी

कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको भए पनि देशै भरिका विद्यार्थी तथा अभिभावकले उत्साहजनक रुपमा उपस्थिति भएको आयोजकले जानकारी दियो । पछिल्लो तथ्यांक अनुसार सो मेलामा एक लाख बढी विद्यार्थी प्रदर्शनीको भ्रमण गरिसकेका छन् ।

प्रतिकूल परिस्थितिका बावजुद राष्ट्रिय स्तरको नेपालकै पहिलो भर्चुअल एडुफेयर–२०२० मा विद्यार्थीहरु एवम अभिभावकहरुको आकर्षण बढ्दै गएको देखिन्छ । एडुफेयरमा भ्रमण गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको फेयरका संयोजक रामहरि सिलवालले बताए ।

सिलवालका अनुसार ५ लाख भन्दा बढी विद्यार्थी र अभिभावकले भ्रमण गर्ने अपेक्षा गरिएको मेलामा आजसम्म एक लाखभन्दा बढीले भ्रमण गरिसकेका छन् । ‘रु. २ करोडको छात्रावृत्तिका लागि १० विद्यार्थी परीक्षा तथा प्रतिस्पर्धामा सहभागी हुने अपेक्षा गरेका छौं ।’ संयोजक सिलवालले भने, ‘अहिलेसम्म करिब ८०० विद्यार्थी अनलाइन परीक्षामा सहभागी भइसकेका छन् ।’ छात्रवृत्तिका लागि विद्यार्थीले १० गते सम्म सहभागी हुन पाउने र त्यसको दुई दिन पछि विद्यार्थी छनोट गरिने संयोजक सिलवालले जानकारी दिए ।

सातै प्रदेशबाट ठुला, मझौला र साना कलेजहरुको सहभागिता भएको भर्चुअल एडुफेयर–२०२० ले कक्षा ११ मा भर्नाका लागि उचित कलेज छान्ने, विद्यार्थीहरु र अभिभावकलाई मद्दत पुग्ने विश्वास आयोजकको छ ।

रु. २ करोडको छात्रवृत्ति कसरी पाउन मेलामा कसरी भाग लिने ?

१. virtualedufairnepal.com मा log in गर्ने ।

२. नाम रजिष्ट्रर गर्ने र sign up गर्ने ।

३. स्कलरसिप वा Talent hunt competition मध्ये एक छान्ने ।

४. स्कलरसिप टेष्ट २०७७ माclick गर्ने ।

५. science र Non science मध्ये एक छान्ने ।

६. start exam set मा click गर्ने ।

७. Start Now मा Click गर्ने र objective Questions को Answer गर्ने हरेक Question एक मिनेट भित्रमा उत्तर दिइसक्नु पर्नेछ र अर्को Question मा जाँदै अन्त्यमा submit गर्ने

के के हुन्छ शैक्षिक मेलामा

शैक्षिक मेलामा एसईई उत्रिर्ण विद्यार्थीलाई लक्षित उच्च शिक्षाका लागि सूचना तथा परामर्श दिइने छ । यस भमर्चुअल शैक्षिक मेलामा स्कुल तथा कलेजको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसंगको निःशुल्क Live Webinar मा सहभागिता, Career Counseling & Online Scholarship Test जस्ता कार्यक्रम रहनेछन् । मेलामा बहु प्रतिभाशाली विद्यार्थी लक्षित अनलाईन निवन्ध लेखन, वक्तृत्वकला, कविता वाचन प्रतियोगिता सञ्चालन समेत गरिने छन् ।

 

Virtual Edufair 2020 प्रवेश गर्नको लागि यो लिंकमा क्लिक गर्नु होस् । http://www.virtualedufairnepal.com/edufair/

थप सुबिधाहरु

  • विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श तथा शिक्षा विज्ञ र सेलिव्रेटीहरुले आफ्नो अनुभव साटासााट

  • स्कुल तथा कलेजको ३६० डिग्री क्यामेराबाट खिचिएको फोटो,Video मा विद्यालय तथा कलेजको Buildings & Grounds , Font Desk, Labs, Library, Classrooms, Seminar Halls, Administrative Blocks, Cafeteria, Sports facilities सहितको Virtual Tourले विद्यार्थी तथा अभिभावकहरुलाई आफै कलेज पुगेको महसुस हुने ।

  • यसै भर्चुअल मेलाले विद्यार्थी तथा अभिभावकले एउटै Virtual Tour द्धारा विभिन्न स्कुल कलेजहरु बीच तुलना गरी कलेज छनौटको आफ्नो निर्णय लिन सक्ने।

 

कोभिड १९ को महामारीले विद्यार्थी अभिभाव, विद्यालय, संचालक र सरकार समेत अन्योलमै रहेको अवस्थामा घरै वसी उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र कलेज छान्ने, भर्ना फारम भर्न मिल्ने गरी कलेज रिडर्सको  सक्रियतामा यो मेलाको आयोजना गरिएको हो ।

A Levels MA
Thuprai - Books and E-books