After SEE Portal

कक्षा १२ सम्म निशुल्क गरी विश्वविद्यालय प्राज्ञिक बनाउने राप्रपाको घोषणा (घोषणापत्रको पूर्ण पाठ सहित)

Bridge Course

कक्षा १२ सम्म निशुल्क गर्ने,आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा विश्वविद्यालयमा कुलपति र सहकुलपति पूर्ण प्रतिस्पर्धा बाट चयन गर्ने उद्घोष गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि आफ्नो घोषाणा पत्र सार्वजनिक गरेको छ ।

शिक्षा, स्वास्थ्य र न्याय –निःशुल्क गर्ने शीर्षक दिएर राप्रपाले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।

राप्रपाले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थालाई अन्त्य गरी प्रतिष्पर्धाको नयाँ मापदण्ड अपनाई कुलपति, सहकुलपति र उपकुलपति चयन गर्ने व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

शिक्षा क्षेत्रमा देखिएको अत्याधिक राजनीतिकरण, दलीय भागवण्डा, अराजकता, र विसंगतिलाई कानूनी रुपमा अन्त्य गर्ने घोयषणापत्रमा उल्लेख गरेको छ ।

काठमाडौंको बुढानीलकण्ठ स्कूललाई सातै प्रदेशमा नमुना विद्यालयको रुपमा स्थापना गर्ने राप्रकाको घोषणापत्रमा उल्लेख गरेको छ ।

सबै प्राविधिक विद्यालयलाई स्रोत साधनयुक्त बनाईने, कक्षा १२ सम्म पूर्ण रुपमा निःशुल्क र गुणस्तरीय शिक्षाको संबैधानिक व्यवस्थालाई पूर्णरुपमा लागु गर्ने चुनावी घोषणा पत्रमा भनेको छ ।

प्रत्येक स्थानीय तहमा बेरोजगार युवाको लागि सीपमुलक तालिम केन्द्र स्थापना गरी  सीप सिकेका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९  घोषाणा पत्र

A Levels MA