After SEE Portal

संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण

Bridge Course

घोराही, १५ पुस (रासस) : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले मुलुकको शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

आजदेखि घोराहीमा शुरु भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा मुख्यमन्त्री पोख्रेलले शिक्षामा देखापरेका समस्यालाई समाधान गर्न सबै जुट्नुपर्ने बताउनुभयो । 

नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको पु¥याएको योगदानको चर्चा गर्दै मुख्यमन्त्री पोखरेले राज्यले लिएको शिक्षा नीतिलाई सहयोग पु¥याउन संस्थागत विद्यालयले भूमिका खेलेको बताउनुभयो । 

साथै उहाँले शिक्षामा व्यापार बढेको हुँदा त्यसलाई घटाउनका लागि प्याब्सनको भूमिका अह्म रहने धारणा राख्नुभयो । प्याब्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव राजेन्द्र बानियाँले राज्यकै आग्रहमा निजी विद्यालय स्थापना भएको भन्दै सरकारी र संस्थागत विद्यालयलाई राज्यले एउटै आँखाले हुनुपर्ने धारणा राख्नुभयो । आजदेखि शुरु भएको अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

A Levels MA
Thuprai - Books and E-books