शिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा पुनरवलोकन गरी संशोधित नामावली प्रकाशन गरेको छ ।
बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते प्रकाशित नतिजामा संशोधन गरेको छ । आयोगको विभिन्न मितिमा भएको निर्णय अनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनको नतिजामा ७ जिल्लाको नतिजा यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।