विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । स्नातक तह चौथो वर्षको व्यवस्थापन संकाय, शिक्षा शास्त्रर विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।
सो कार्यालयले पूर्व निर्धारित कार्यतालिकालाई संशोधन गर्दै एक महिनापछि आगामी चैत्र १२ गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी संशोधिततालिका सार्वजनिक गरेको छ । यस अघि उक्तकार्यालयले आगामी फागुन १० गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको थियो ।
त्रिविलाई केही विद्यार्थीले परीक्षा सार्न दबाव दिँदै आन्दोलन गरेका थिए । विश्वव्यापी कोभिडको प्रकोपले गर्दा त्रिविको शैक्षिक क्यालेन्डर प्रभवित भएको थियो । उक्तकारण त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएका विद्यार्थीको परीक्षा सञ्चालनगर्न सकेको थिए । सो कारण अहिले त्रिविमा स्नातकका पाँचओटा समूह देखा परेका छन् ।
त्रिविले सञ्चालन गर्न लागेको स्ववियु निर्वाचनका कारण विद्यार्थीले त्रिविलाई परीक्षा तालिका पछिधकेल्न दवाव दिएपछि त्रिवि पुनः परीक्षा तालिकासार्वजनिक गर्न बाध्य भएको हो । त्रिविले पूर्व निर्धारितसमयमा नै परीक्षा सञ्चालन गर्दा चार ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएपछि चुनावलाई इस्यु बनाएर तालिका संशोधनगरेको हो । त्रिविले फागुन १० देखि १९ गतेसम्मको छोटो अवधिमापरीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए।