कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को  आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।

कोभिडका कारण सो परीक्षा विद्यालयले आफ्नै होम सेन्टरमा सञ्चालन गरेका थिए । परीक्षामा आंशिक (अक्षराङ्कनतफ) कूल १ लाख ५६ हजार ९६३ आशिक (अङ्कनतर्फ) १०२८७ परीक्षार्थी सम्मिलित थिए । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिए ।

सो परीक्षामा दुई जना परीर्थाीको परीक्षा रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । सो परीक्षामा अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 

Thuprai - Books and E-books