After SEE Portal

एसईई नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन माग

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाले असार १२ गते भित्र आवेदन दिन सूचना जारी गरेको हो ।

इच्छुक संघ संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोली शर्तका आधारमा आवेदन माग गरेको छ ।

एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट रु.४० हजार, वेबसाइट बाट प्रकाशनका लागि रु.२० हजार र एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट रु.६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एकमुष्ट रु.एक लाखका दरले राजश्व बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books