After SEE Portal

निमावि लाइसेन्सका लागि आवेदन माग

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन माग गरेको छ ।

आयोगको साउन १०  गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम आवेदन माग गरेको हो ।

अध्यापन अनुमति पत्रका लागि  आवेदन आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन  आवेदन दिन सकिने आयोगले जानकारी दियो ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा  आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुहुन तथा पछि फरक परेमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारबाही हुन नसक्ने  सूचनामा उल्लेख गरेको छ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

A Levels MA