After SEE Portal

बालविकास सहजकर्ताको पारिश्रमिक बढ्ने

Bridge Course

बालविकास सहजकर्ताको पारिश्रमिक  वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको मासिक दुई हजार रुपियाँका दरले पारिश्रमिक वृद्धि भएको जनाएको छ ।

संघले  गत वर्षदेखि ८ हजार रुपियाँ प्रदान गर्दै आएकोमा आर्थिक वर्ष २०७९–०८० देखि दुई हजार रुपियाँ थप गरेर १० हजार रुपियाँ उपलब्ध गराउने  र स्थानीय तहले यसमा  ७ हजार रुपियाँ थपगरी प्रदान गर्नुपर्ने अर्थ मन्त्रालयले जानकारी दियो ।

अर्थ मन्त्रालयका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टीभीटी भनेर बाल विकास सहजकर्ताको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जानकारी दियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ । केन्द्रका अनुसार कार्यक्रम अन्तर्गत दुइ हजारले वृद्धि गरी एक मुष्ठ रकम पठाएको र त्यसलाई उल्लेख गरेर पठाइने जनाएको छ । त्यसैगरी विद्यालय कर्मचारीको हकमा के गर्ने भन्ने बारे अर्थ मन्त्रालयमा छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books