SEE Result 2082

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका जारी (निर्देशिका सहित)

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका,२०७९ जारी गरिएको छ ।

शैक्षिक विवरणको संकलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा प्रयोगलाई विश्वासिलो र भरपर्दो बनाउनका लागि मौजुदा सूचना प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाई एकिकृत शैक्षिक सूचना प्रणालीको व्यवस्था गर्न शिक्षा ऐन,२०२८ को दफा १९ क। ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका जारी गरेकोहो  ।

शिक्षा क्षेत्रको गतिविधिबारे यथार्थ आधार जुटाई सर्वसाधारणलाई शिक्षा क्षेत्रबारे जानकारी गराई शैक्षिक सेवालाई प्रभावकारी बनाउन, शिक्षामा क्षेत्रको ठोस नीति निर्धारण गरी सुधार तथा व्यवस्थापन गर्न, शिक्षाका तमाम गतिविधिलाई अध्यावधिक गरी सूचना प्रविधि मार्फत सार्वजनिक गर्ने निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दियो ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका,२०७९

+2 School
Counseling
Bachelors Portal