After SEE Portal

सिभिल इञ्जिनियरिङमा विद्यार्थी आर्कषण, मेकानिकलमा न्यून

Bridge Course

त्रिभुवन विश्वविद्यालयइन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इञ्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा एक सय आठ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ ।

सो विषयमा थापाथली क्याम्पसमा ३६ सिटमध्ये नौमा भर्ना हुन बाँकी छ ।

ती दुई क्याम्पसमा कम्प्युटर इञ्जिनियरिङमा क्रमशः ३६ र १२ स्थान रहेकामा सब सिटका विद्यँर्थीले भर्ना लिएक छन् । इलोक्ट्रोनिक्स, कम्युनिकेसन र इन्फर्मेसन इञ्जिनियरिङमा  दुवै क्याम्पसमा २४–२४ सिट छ । ती सिटमा  पनि विद्यार्थी भर्ना भइसकेका छन् ।

अन्य क्याम्पसमा पनि ती विषयमा विद्यार्थी भरिन थालेको संस्थान डिन कार्यालयले जानकारी दियो।

त्यस्तै, मेकानिकल इञ्जिनियरिङमा पुल्चोक क्याम्पसका लागि २४  सिट छ । सो विषयमा दुई सिटमा विद्यार्थी भर्ना हुन बाँकी छ भने थापाथली क्याम्पसमा सो विषयमा ३६ सिटप्रदान गरिएको छ । हालसम्म १८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।

जिओम्याट्रिक्स इञ्जिनियरिङमा पश्चिमाञ्चल क्याम्पसमा ३६ सिट  रहेकामा अझै १३ स्थान भर्ना हुन बाँकी छ ।

त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार तीन सय ४४ विद्यार्थीले स्नातक तहमा इञ्जिनियरिङ पढ्न सक्ने क्षमता रेको संस्थानका सहायक डीन एवं प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा सुशीलबहादुर बज्राचार्यले जानकारी दिए । उनका अनुसार पाँच सरकारी (आंगिक) क्याम्पसमा छ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थीले अध्ययन गर्छन् ।

त्रिविका अतिरिक्त काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ ।

सबै विषय गरी पुल्चोक क्याम्पसमा ६२४ सिट रहेकामा ३०, थापाथली क्याम्पसमा ४३२ मा १०८, पश्चिमाञ्चल क्याम्पसमा ४३२ मा ११९ र पूर्वाञ्चल क्याम्पसमा ५२८ सिट रहेकामा १०१ सिट भर्ना हुन बाँकी रहेका सम्बन्धित क्याम्पसले जनाएका छन् ।

राससका अनुसार इञ्जिनियरिङ कलेजहरुमा भर्ना हुन बाँकी कोटामध्ये काठमाडौंमा ३८४ मध्ये १५४, कान्तिपुरमा २८८ मध्ये २०९, सगरमाथामा १४४ मध्ये ६२, एडभान्स्ड इञ्जिनियरिङ कलेजमा ३३६ मध्ये १६०, हिमालयमा २४० मध्ये १३६, नेशनल कलेज अफ इञ्जिनियरिङमा २४० मध्ये २९, ललितपुरमा ९६ मध्ये ५५, काथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा १९२ मध्ये१०३, जनकपुर इञ्जिनियरिङ कलेजमा १९२ स्थानमध्ये १७२, ख्वपः इञ्जिनियरिङ कलेजमा १९२ मध्ये २७ र चितवनमा २४ मध्ये २ स्थान बाँकी छन् ।

सहायक डिन प्राडा बज्राचार्यले भर्ना प्रक्रिया जारी रहेको अवस्थामा अहिले तेस्रो सूचीसम्म मात्र पुगेकाले समग्रमा विद्यार्थी कम भएको भन्न नमिल्ने बताए ।

उनले विषयगतरुपमा हालसम्मको भर्ना भएको तथ्याङ्क हेर्दा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्सका तुलनामा मेकानिकल र जिओम्याट्रिक्स इञ्जिनियरिङमा विद्यार्थी कम मात्रामा भर्ना भएका जानकारी दिए ।

समग्रमा इञ्जिनियरिङ विषयमा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि प्रवेश परीक्षामा अनुपस्थित हुने विद्यार्थी बढेकाले भर्ना हुनेको सङ्ख्या केही घट्ने आँकलन गरिएको प्राडा बज्राचार्यले बताए ।

उनले बाहिर प्रचार गरिए जस्तो विद्यार्थीको कमी भएको भन्नेमा सत्यता नभएको जिकिर गरे ।

“पुस २२ गतेसम्म भर्नाको समय तोकिएको छ । माघ २ गतेदेखि नियमित कक्षा सञ्चालन हुन्छ । पढाइ सुरु हुनु अघिसम्म भर्ना लिइन्छ । अहिल्यै विद्यार्थी कम भए भनेर विश्लेषण गर्न मिल्दैन”, बज्राचार्यले भने, “कतिपय विषय र क्याम्पसका सवालमा विगतको जस्तो आकर्षण नहुन सक्छ । हामी अहिले नै विश्लेषण गरेर चिन्तित हुनुपर्ने अवस्था छैन ।”

उनले हालसम्म भर्नाको तेस्रो सूचीसम्म प्रकाशन भएको जनाउँदै १२औँ सूचीसम्म प्रकाशन हुने जानकारी दिए । उनका अनुसार गतवर्ष तेस्रो सूची आउँदा ६६ प्रतिशत भर्ना भएकामा यस वर्ष यो सङ्ख्या दुई प्रतिशतले कम भएर ६४ प्रतिशत भर्ना भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेज (केसिसी) का प्रशासन प्रमुख राजीब तिमिल्सिनाका अनुसार सो कलेजमा सिभिल इञ्जिनियरिङमा १४४ सिट रहेकामा हालसम्म ४० र कम्प्युटर इञ्जिनियरिङमा ४८ स्थान रहेकामा २५ विद्यार्थी भर्ना भएका छन् ।

कोभिड–१९ को महामारीपछि पछिल्ला दुई वर्षयता लगातार विद्यार्थी घट्नुमा प्रदेशस्तरमा कलेजहरु सञ्चालन हुनु, विद्यार्थी प्रवेश परीक्षाको झञ्झटमा लाग्न नचाहनुलगायत कारण हुनसक्ने उनले बताए ।

त्रिविको अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामाका कारण प्रवेश परीक्षाको मिति पछि सर्दा शैक्षिक वर्ष २०८०–८१ को प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी घटेका प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा बज्राचार्यले बताए ।

बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाए पनि आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा लिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books