SEE Result 2082

३१ वटा एकाइले पुनःनिर्माण सम्बन्धी काम तत्काल शुरु गर्नुपर्ने

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विभिन्न ३१ जिल्लामा गर्दै आएको पुनः निर्माण सम्बन्धि कार्य अब सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट सम्पादन हुने भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय इकाई (शिक्षा) ले  र्निर्माण सम्बन्धि बाँकी रहेका कार्यहरू सम्पन्न गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई हस्तान्तरण गरिसकेको हुनाले अब समन्वय एकाइले उक्त कार्य सम्पादन गर्ने भएका हुन् ।

जिल्लामा रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरूजु विवरण एवं कार्यालयहरू सम्बन्धित एकाईले अकर्ण सहित बुझ्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सम्बन्धित एकाइलाई निर्देशन दिइसकेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत एकराज आचार्यले जानकारी दिए ।

अर्घाखाँची,बाग्लुङ,भक्तपुर,भोजपुर,चितवन,धादिङ,धनकुटा,दोलखा,गोरखा,गुल्मी,कास्की,काठमाण्डौँ,काभ्रेपलाञ्चोक,खोटाङ,ललितपुर,लम्जुङ्ग,मकवानपुर,म्याग्दी,पूर्वीनवलपरासी,नुवाकोट,ओखलढुङ्गा,पाल्पा,पर्वत,रामेछाप,रसुवा,संखुवासभा,सिन्धुली,सिन्धुपाल्चोक,सोलुखुम्बु,स्याङ्जा,तनहुँलाई निर्देशन सहित पुनः निर्माणका बाँकी काम गर्न निर्देशन दिइएको अधिकृत आचार्यले बताए ।

+2 School
Counseling
Bachelors Portal