After SEE Portal

प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)

Bridge Course

 शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् ।

आयोगले माग गरेको पदसंख्या भन्दा १ एक हजार ४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् ।

आयोगले २०७९ चैत ९ गते गरेको कुल ६ हजार १३ पदमा विज्ञापन गर्यो । सो विज्ञापनलाई चैत ३० गते संशोधन गर्दै कुल ७ हजार ९५४ रिक्त दरबन्दीका लागि तीन चरणको परीक्षा पछि शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगदे प्रदेशगत रुपमा हेर्दा कुनै पनि प्रदेशमा माग अनुरुप शिक्षक पाएको छैन । आयोगले कोशी प्रदेशमा कुल १७४३ पदका लागि लिएको परीक्षामा १३७७ जना शिक्षक मात्र नियुक्तिका लागि सिफारिस भएका छन् । कोशीमा ३६६ जना कम उम्मेदवार नियुक्तिका लागि सिफारिस भएका हुन् । त्यसैगरी मधेसमा ११६१ रिक दरबन्दीका लागि लिएको परीक्षाबाट नियुक्तिका लागि १०४५ जना मात्र सिफारिस भएका छन् । मधेसमा ११६ जना शिक्षक दरबन्दी खाली ने रहेको छ । त्यसैगरी बागमती प्रदेशमा कुल माग संख्या १४०८ रहेको भए पनि नियुक्तिका लागि सिफारिस भने १०७७ जना मात्र भएका छन् । यो प्रदेशमा पनि ३३१ जनाको दरबन्दी रिक्त ने रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशका लागि १५३७ दरबन्दीमा शिक्षक माग गरिएको भएपनि नियुक्तिका लागि भने १४०६ मात्र सिफारिस भएका छन् । यो प्रदेशमा १३१ जना को दरबन्दी रिक्त नै रहेको छ । त्यसेगरी लुम्बिनी प्रदेशका लागि ९८६ जनाको दरबन्दीमा विज्ञापन गरिएको थियो तर नियुक्तिका लागि भने सिफारिस ९५७ जना मात्र सिफारिस भएका छन् । यो प्रदेशको पनि २९ दरबनदी रिक्त रहेको छ ।

त्यस्ते कर्णालीमा ५६८ दरबन्दीका लागि विज्ञापन गरिएको थियो । आयोगले नियुक्तिका लागि भने ५५८ जना सिफारिस गरेको छ । यो प्रदेशमा १० जना कमे दरबन्दी अनुसार नियुक्तिका लागि सिफारिस भए । त्यसैगरी सुदुरपश्चिमबाट ५१४ दरबनदीका लागि शिक्षक माग गरिएको थियो तर नियुक्तिका लागि भने ४८६ जना मात्र सिफारिस भएका छन् । यो प्रदेशबाट मागभन्दा २८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् ।

आयोगको सिफारिस पछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियुक्तिका लागि शिक्षकलाई सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइ सकेको छ । अहिले धमाधम स्थानीय तह छनोटका लागि एकाइले सूचना जारी गरिरहेका छन् ।

आयोगले गरेको सो विज्ञापनमा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए ।

आयोगले गत जेठ २० गते विषयगत अन्तर्गत सामान्य परीक्षा सञ्चालन गरेको थियो ।सो परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत (सामान्य) परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

अहिले रिक्त भएको दरबन्दी स्वतः दरबन्दीमा गाभिइ नयाँ विज्ञापनमा समेटिने आयोगले जानकारी दिएको छ । बजेट अभावको कारण देखाउँदै आयोगले चालुवर्षको कार्यतालिका अनुसार नयाँ विज्ञापन भने गर्न सकेको छैन ।

प्राथमिक तहको एकिकृत योग्यताक्रम – कोशी प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – मधेश प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – बागमती प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – गण्डकी प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – लुम्बिनी प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – कर्णाली प्रदेश

प्राथमिक तहको एकिकृत योग्यताक्रम – सुदूरपश्चिम प्रदेश

A Levels MA
Thuprai - Books and E-books