After SEE Portal

मावि तृतीय श्रेणीमा ७१८ जना शिक्षक नियुक्तिका लागि सिफारिस

Bridge Course

शिक्षक सेवा आयोगले यो वर्ष माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि ७१८ शिक्षकको नाम सिफारिस गरेको छ ।

आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाबाट सामान्य, विषयगत लिखित परीक्षा र अन्तर्वार्तामा सफिल उम्मेद्वारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले तीन चरणको परीक्षामा उत्तीर्ण शिक्षकका उम्मेद्वारलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ ।

आयोगले गत पुस २५ गते गरेको विज्ञापनमा अङ्ग्रेजी विषयमा आवेदन दिने उम्मेद्वार बढी रहेका छन् । आयोगले ८४ पदका लागि गरेको विज्ञापनमा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार नेपालीमा ९ हजार ९७, गणितमा ५ हजार ६२६, विज्ञानमा ५२५०, सामाजिक अध्ययनमा ६२२७, अर्थशास्त्रमा ४८८, कार्यालय सञ्चालन तथालेखामा १ हजार ३९२, शिक्षामा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जनागरी जम्मा ३८ हजार ३३७ जनाले आवेदन दिएका थिए ।

आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेकोमा माग १६ गते विज्ञापन संशोधन गरेको थियो ।

शिक्षक सेवा आयोगले गत पुस २५ गते गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटको विज्ञापनमा आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेको थियो ।

आयोगले माघ १६ गते विज्ञापन संशोधन गर्दै केही विषयमा पद थप घट समेत गरेको थियो ।

A Levels MA