After SEE Portal

राप्ती नगरपालिका ११ जना बालविकास सहजकर्ता विस्थापित

Bridge Course

चितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ ।

नगरपालिकाले नयूनतम शैक्षिक योग्यता नपुगेको कारण देखाउँदै  कार्यरत सहजकर्तालाई सामुहिक विस्थापित गर्दै नियुक्त प्रक्रिया सुरु गर्नसमेत विद्यालयलाई निर्देशन दिएको छ ।

गत साउन ३१ गते बुधबार नगरपालिकाले विद्यालयहरूलाई पत्र पठाउँदै भदौ १ गतेबाट सो निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

‘राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका–२०६७ (प्रथम संशोधन २०७५) र नगर शिक्षा समितिको साउन २२ को निर्णयअनुसार बालविकास सहजकर्ताको शैक्षिक योग्यता प्रविणता (कक्षा १२) तह उत्तीर्ण हुनुपर्नेमा हाललाई एसएलसी वा एसईई योग्यता नभएको कारण देखाउँदै नगरपालिकाले सहजकर्तालाई विस्थापित गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books