A Levels MA

प्रश्नपत्र साढे १७ रुपियाँमा बिक्री, एसईईको नतिजा साउन पहिलो सातामा

२०७७ सालको एसईईको प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँमा बिक्री गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रश्नपत्र विक्रीका लागि टेन्डर आह्वान गरेको थियो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले विराटनगरको अरविन्द पल्प एण्ड पेपर मिल्सले टेन्डर पारेको जानकारी दिए ।

कोभिड–१९ का कारण २०७६ र २०७७ सालको एसईई सञ्चालन हुन सकेन । २०७६ सालको एसईईको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो भने २०७७ सालको प्रश्नपत्र पनिकामा सुरक्षित राखिएको थियो । करिब २० करोड रुपियाँ खर्च गरी छपाइएको प्रश्नपत्र बिक्री गरिएको छ ।

परीक्षा नियन्त्रक रायमाझीले सो कागज कम्पनीले पुराना प्रश्नपत्र ट्रकमा लोड गरिसकेपछि तौल लिइने बताउँदै भने, “विराटनगरसम्म हाम्रा अधिकृत पनि ट्रककै पछाडि जानेछन् । कागज कम्पनीमा पुगेपछि पानीमा हालेर प्रश्नपत्रका अक्षर मेटिनेछन् । त्यसपछिमात्र हाम्रा अधिकृत फिर्ता आउने छन् । गोपनीयता कायम गर्न त्यस्तो गर्नुपरेको हो ।” पुराना प्रश्नपत्रलाई लाेड गरिएकाे ट्रक जनक  शिक्षा सामग्री केन्द्रमा लगेर ताैल लिइनेछ । कागज कम्पनीले धराैटीवापतकाे रकम जम्मा गरिसकेकाे छ । 

यसैबीच २०७८ सालको एसईईको नतिजा आगामी साउनको पहिलो सातामा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

पनिकाले असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि समयाभावले सो सम्भव नभएको जनाएको छ ।

परीक्षा नियन्त्रक रायमाझीले गत जेठ ४ गतेबाटमात्र उत्तरपुस्तिका परीक्षणका कार्य थालिएको बताउँदै ढिला गरी काम भएकाले असारमा नतिजा सार्वजनिक गर्न सम्भव नभएको भने । उनले आगामी साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको बताए ।

 

Thuprai - Books and E-books