After SEE Portal

कक्षा ११ र १२ का प्रश्नपत्रलाई स्थानान्तरण गरियो

Bridge Course

जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र लिएर जानू भनेपछि राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ र १२ का प्रश्नपत्र स्थानान्तरण गरेको छ । 

बोर्डले कक्षा ११ र १२ का प्रश्नपत्र सानोठिमीस्थित केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस)मा प्रश्नपत्र छपाएको थियो । सो स्थान आफूहरुका लागि चाहिएको भन्दै त्यहाँ खाली गरिदिन जनक शिक्षाले भनेपछि बोर्डले प्रश्नपत्र ठाँउ सारी गरेको हो ।

जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले कक्षा ६, ७ र ८ का पाठ्यपुस्तक छपाइ गर्न सेक्युरिटी प्रेस खाली गर्नुपर्ने भएकाले प्रश्नपत्र लिएर जान बोर्डलाई भनिएको बताए । जनक शिक्षाले पटकपटक त्यस्तो भनेपछि सुरक्षा समितिको बैठकले प्रश्नपत्र ठाँउ सारी गर्ने निर्णय गरेको थियो । 

परीक्षा नियन्त्रक कृष्ण शर्माले सबै प्रश्नपत्र बोर्डकै भवनमा राखिने जानकारी दिए । गत चैतमा छपाइ गरिएका प्रश्नपत्र कोरोना भाइरसको संक्रमणका कारण परीक्षा स्थगित भएकाले जनक शिक्षाकै सेक्युरिटी प्रेसमा राखिएको थियो । 

प्रश्नपत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सुरक्षामा खटिएका १४ जना सैनिकलाई बोर्डकै भवनमा सारिने उनले जानकारी दिए । प्रश्नपत्रको सुरक्षार्थ बस्दै आएका सैनिकलाई बोर्डले भत्ता उपलब्ध गराउने गरेको छ । सुरक्षाका लागि बोर्डमा सिसिटिभी जडान गरिएका छन् । कक्षा ११ र १२ का गरी कुल २२ कार्टुन प्रश्नपत्र छन् । 

प्रवेशिका परीक्षा (एसईई)का प्रश्नपत्र गत फागुनमै जिल्ला पुगिसकेका थिए । ती प्रश्नपत्र प्रहरीको सुरक्षामा छन् । पछिल्लो समयमा एसईई र कक्षा ११ को परीक्षा आवश्यक नपर्ने भएकाले ती सञ्चालन गर्नु नपर्ने वहस शैक्षिक वृत्तमा सिर्जना भएको छ । अब विद्यालय आफैले मूल्याङ्कन गरी कक्षा १० र ११ को नतिजा सार्वजनिक गर्ने अभ्यास यसैपटकबाट थालिनुपर्ने तर्क गरिँदैछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईका परीक्षार्थीको शैक्षिक सत्र खेर जान नदिने प्रबन्ध मिलाउने भनाइ प्रस्तुत गरेपछि कतिपयले परीक्षा नहुने अर्थ लगाएका छन् भने कतिपयले कही पछिसम्मका लागिमात्र व्यवस्थापन गर्न खोजिएको भन्ने तर्क गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books