After SEE Portal

प्राथमिक तह प्रथम श्रेणी शिक्षक बढुवाको नामावली प्रकाशित

Bridge Course

शिक्षक सेवा आयोगले बागमती प्रदेशको प्राथमिक तह प्रथम श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ ।

कार्य सम्पादन मूल्याङ्कनको आधारमा आयोगले नामावली प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौँडाको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नामावली प्रकाशित गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books