After SEE Portal

उपकुलपति छनोटका लागि प्रस्तुतीकरण सुरु

Bridge Course

त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्टलिष्टमा नाम निकालेकासंग आजबाट प्रस्तुतीकरण लिन सुरु गरेको छ ।

समिति समक्ष आज तीन जनाले  सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरेका छन् । १४ जनामध्ये पहिलो दिन कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीले कार्ययोजना प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणमा सिफारिस समिति र विज्ञ गरी चार जनाको सहभागिता थियो । तीनदिन भित्र १४ जनाको कार्ययोजना प्रस्तुति लिइसक्ने शिक्षा मन्त्रालयको कार्यतालिका छ ।

चौतर्फी विरोधका बाबजुद समितिले उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको समिति सदस्य तथा  शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

 ‘प्रस्तुतीकरण सुरु भयो । छनोट प्रक्रिया जारी रहनेछ ।’ उनले भने, ‘हामी रोकिँदैनौँ, आवेदन दिएका मध्येबाट योग्य उपकुलपति छान्छौं ।’

A Levels MA
Thuprai - Books and E-books