A Levels MA

लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा

समुदाय स्तरबाट सञ्चालित । एक मात्र व्यवस्थापन संकायको पठनपाठन । ४ हजार ४९३ जना विद्यार्थी अध्ययनरत लुम्बिनी वाणिज्य क्याम्पसको स्थापना २०३८ सालमा भएको हो । वुटबलको देवी नगरमा अवस्थित यो क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा अघि बढाउने योजना क्याम्पसले अघि सारेको छ ।

क्याम्पसलाई नेपालको संविधानले व्यवस्था अनुसार मानित विश्वविद्यालयका रुपमा अघि बढाउने योजनामा क्याम्पस जुटेको हो । संविधान अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशमा मानित विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था छ । सोही अनुसार क्याम्पस मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने सोचमा गएको क्याम्पसले जानकारी दियो ।

विश्वविद्यालय सञ्चालन गर्नका लागि क्याम्पस भौतिक पूर्वाधार, दक्ष जनशक्ति, प्रयोगशाला तथा अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनाले क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले बताए ।  

फोटो सौजन्यः मोहन पौडेल

संघीय र प्रदेश सरकारले मनित विश्वविद्यालय सम्बन्धी कानुन बनाउने बितिकै क्याम्पस आफ्नो योजना लिएर सरकर समक्ष जाने सम्पूर्ण तयारीमा जुटिसकेको छ ।

क्याम्पससंग मानित विश्वविद्यालयमा जानेका लागि विद्यार्थी, प्राध्यापक तथा सम्पूर्ण भौतिक संरचना र प्रयोगशाला भएपनि चुनौतीका रुपमा जग्गा देखा परेको छ । क्याम्पससंग अहिले साढे सात रोपनी जग्गा मात्र आफ्नै नाममा रहेको छ ।

क्याम्पसलाई वुटबल उपमहानगरपालिकाले क्याम्पस परिसरको १० किलोमिटरभित्र आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । ‘हामी सबै चुनौतीलाई पारगरेर मानित विश्वविद्यालय सञ्चालनको लागि सक्षम छौं ।’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामी स्वयत्त रुपमा विश्वविद्यालय सञ्चालन गरेर राष्ट्र तथा अन्तर्राष्ट्रिय बजारमा बिकने जनशक्ति उत्पादन गर्छौं ।’

विधेकले निर्धारण गरेका मापदण्ड पूरा गरी अन्य क्याम्पसहरुलाई सम्बन्धन दिन नपाउने गरी मानित विश्वविद्यालय बनाउने लक्ष्यमा क्याम्पस गएको छ । हाल व्यवस्थापन संकाय मात्रै अध्यापन हुने लुम्बिनीले मानित विश्वविद्यालयको मान्यता पाएपछि बहुसंकायका कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्याम्पसले स्कूल अफ म्यानेजमेन्ट र स्कूल अफ साईन्स एण्ड टेक्नोलोजीका कार्यक्रम् सञ्चालनका लागि र्भातिक पूर्वाधारको विकास गर्न सुरु गरिसकेको छ । कोरोनाको संक्रमणका कारण सुविधा सम्पन्न पाचतलो भवन निर्माणमा जुटेको क्याम्पसले आफ्नो कार्यलाई सोचअनुरुप तीव्रता दिन नसकेको क्याम्पस प्रमुख उपाध्यायले बताए ।  

फोटो सौजन्यः मोहन पौडेल

प्रदेश सरकारले बुटवलमा समुदाय तहबाट स्थापना भएको लुम्बिनीवाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले प्रदेश सरकार प्रदेशको शिक्षामा मौलिकता ल्याउने प्रयासमा अभ्यास गरिरहेको जानकारी दिए । 

लुम्बिनीमा बिबिए एफए, बिबिएम, बिएमएस, एमबिएि बिएफ, एमबि एस एफका कार्यक्रमहरु प्राज्ञिक स्वायत्त रुपमा सञ्चालन गर्दै आएको छ । त्यसैगरी हाल त्रिभुवन विश्वविद्यालयका दुई कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्यम्पसमा हाल ४ हजार ४९३ जना विद्यार्थी अध्ययनरत छन् ।

दुई पटक क्युएए प्राप्त क्याम्पस

विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर तथा प्रत्यायन (क्युएए) प्राप्त गरिसकेको छ । पहिलो पटक २०६८ मा दोस्रो पटक २०७५ सालमा क्युएए प्राप्त गरेको छ । क्याम्पसको उपलब्धी सन्तोषजनक रहेको क्याम्पस प्रमुख उपाध्यायले बताए । क्याम्पसको पहिलो उत्पादन एमबीए बैकिंङ एण्ड फाइनान्सका ३५ जना विद्यार्थीमा ३५ सैं जना राम्रो नतिजा सहित उत्तीर्ण भए । उत्तीर्ण सबै विदार्थी अहिले व्यस्त छन् । पहलिो वर्षका उत्पादनमा ७ जनाले कन्स्ट्रक्सन कम्पनी सञ्चालन गरेका छन् । अनिल रसाइली सन्दीप पौडेल लगायतका विद्यार्थीले व्यवसाय सञ्चालन गर्न थालेका छन् । ‘हाम्रो पहिलो ब्याचमा ३५ जना विद्यार्थी थिए सबैले राम्रो नतिजा प्राप्त गर्न सफल भए ।’ उनले भने, ‘पहिलो ब्याचका सबै विद्यार्थी स्वरोजगार भइसकेका छन् कतिपय विद्यार्थीले आफै कन्स्ट्रक्सन चलाएका छन् कतिपय व्यासायमा प्रवेश गरिसकेका छन् ।’

क्याम्पस स्वयत्त हुने आधार

विश्वपरिच्छेयमा शिक्षाको पद्धति परिवर्तनशील अवस्थामा छ । विश्वविद्यालयका प्रारुप परिवर्तनशील छन् । पहिलेको जस्तो विश्वविद्यालयमा बहुसंकाय हुनपर्छ भन्ने छैन । अहिले एकल संकाय पनि विश्वविद्यालयमा जान सक्छ । संरचना परिवर्तनशील छ । स्वयक्त कार्यक्रमको इतिहास लामो छैन । स्वयक्त कार्यक्रम संचालान गर्नका लागि त्रिवि अन्तर्गत त्रिभुवन विश्वविद्यालय स्वयत्तता सम्बन्धी २०६२ र २०६३ असार २६ को संशोधित नियमअनुसार व्यवस्था गरेको प्रावधान अनुसार क्याम्पसले सोही नियममा व्यवस्था भएका नियम पुरा गरी क्याम्पसहरुले स्वयक्त कार्यक्रम संचालन गर्न सक्छन् ।

नेपालका क्याम्पसहरु तीन प्रकार छन् त्रिवि अहिले विश्वको ८२१ मा परेको छ । त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पस छन् । नाफाघाटा सेयर नगर्ने कमाइ जति सबै क्याम्पसको हुने क्याम्पस सामुदायिक क्याम्पस हुन् । लुम्बिनी क्याम्पस यही वर्गमा पर्छ ।

स्वयक्त क्याम्पसले स्थानीय तह, प्रदेश र राष्ट्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । भने अन्तर्राष्ट्रिय जगतमा शिक्षाको अवस्था अवलोकन गरी क्याम्पसहरुले स्वयत्त कार्यक्रम सञ्चालन गर्न पाउँछन् ।

पाठ्यक्रम कसरी तयार हुन्छ  ?

स्वयक्त कार्यक्रमको पाठ्यक्रम क्याम्पसले डीन कार्यलयको फ्याकल्टी बोर्डमा पठायँछ । त्यसपछि विज्ञ समूहमा जान्छ, विज्ञ समूहले दिएको सुझावका आधारमा पाठ्यक्रम संशोधन गरी प्राज्ञिक परिषद्ले पाठ्क्रमलाई स्वीकृत गर्नुपर्छ र त्रिविको कार्यकारी परिषदले अन्तिम स्वीकृत दिएपछि मात्र पाठ्यक्रम लागु हुन्छ ।

स्वयत्त परीक्षा सञ्चालन

परीक्षाको स्वयक्तता पाउनको लागि सम्बन्धित क्याम्पसले निर्धारित क्राइट एरिया पुरा गरेको हुनुपर्छ । परीक्षा सञ्चालक समितिको कार्यदलले क्याम्पसको भौतिक निरीक्षण पश्चान मापदण्ड पुरा गरेको क्याम्पसले मात्र परीक्षा सञ्चालन गर्ने अनुमति त्रिविको कार्यकारी परिषदले दिन्छ । स्वयक्त क्याम्पसले स्वयक्त परीक्षा सञ्चालन गर्न पाँच सदस्यीय उच्च स्तरीय परीक्षा सञ्चालक समिति गठन गर्नु पर्छ । सो समितिमा क्याम्पस प्रमुखको संयोजकत्वमा पनिका र डिन कार्यालयका प्रतिनिधि एक–एक र विश्वविद्यालयका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि रहन्छन् ।

जर्नलमा आर्टिकल अनिवार्य

क्याम्पसबाट उत्तीर्ण गरेका विद्यार्थीले अनिवार्य रुपमा जर्नलमा आर्टिकल प्रकाशित गरेको हुनुपर्छ । आर्टिकल प्रकाशन नगरेका विद्यार्थीलाई क्याम्पसले विश्वविद्यालयमा सिफारिस गर्दैन ।

नयाँ कार्यक्रम सञ्चालन हुने

क्याम्पसले वित्त शास्त्रमा मास्टर एमएमएस, एमबीए एमबीए फाइनान्स, एमएमयस लगायतमा नयाँ कार्यक्रम लागु गर्ने तरखरमा जुटेको छ । यसका लागि पाठ्यक्रम निर्माणमा क्याम्पस जुटेको छ । यी कार्यक्रम सञ्चालनको अनुमतिका लागि डिन कार्यालयमा स्वीकृतका लागि क्याम्पस जाने तयारीमा जुटेको क्याम्पसले जानकारी दियो ।

मानितविश्वविद्यालय स्थापनाकाआधारहरु

१. संक्षिप्त परिचय

बिजारोपण  लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानः वि.सं. २०३७

स्थापना   त्रि.वि. बाट सम्बन्धनप्राप्तः वि.सं. २०३८फाल्गुन ६ गते

पहिलो पटक गुणस्तर तथा प्रत्यायन (QAA) प्राप्तः वि.सं. २०६८

दोस्रो पटक गुणस्तर तथाप्रत्यायन (QAA) प्राप्तः वि.सं. २०७५

सबोत्कृष्ट सामुदायिक क्याम्पसः वि.सं. २०७५

प्रदेश प्रज्ञा पदक द्वितीयः वि.सं. २०७६

सोच (Vision)

विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक अवसरहरु प्रदान गरी क्याम्पसले आफैलाई सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा विकास गरीखोजमूलक शिक्षा तथा प्राज्ञिक समुदाय निर्माणमा ध्यान दिदै विद्यार्थी केन्द्रित क्याम्पस बन्ने र अन्तत्वागत्वा क्याम्पस मानित विश्वविद्यालयमा रुपान्तरण हुने ।

ध्येय (Mission)

समर्पित, मिहेनती, सक्षम र समाजका प्रतिष्ठित प्राध्यापकहरुलाई प्राप्त गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षण, खोज र सेवाको गुणस्तरीय कार्यक्रम मार्फत समुदायतथा देशका नागरीकहरुको बौद्धिक र सामाजिक अवस्थालाई विकास गर्न मद्दत गर्ने ।

गुणस्तर नीति (Quality Policy)

गुणस्तरीय जीवन, नैतिकआचरण, समाज र एक अर्का बीच सम्मानको महत्वप्रति प्रतिबद्ध तथा समाजको मागअनुरुपसमस्या समाधान, नेतृत्वतथा सामुहिककार्य सिपयुक्त गुणस्तरीय शिक्षाविद्यार्थीहरुलाई प्रदानगर्नु ।

२. प्राज्ञिक स्वायत्तता प्राप्त शैक्षिक कार्यक्रमहरु

  • Bachelor of Business Administration in Finance and Accounting (BBA-FA)

  • Bachelor of Business Management-Applied (BBM-A)

  • Bachelor of Management Studies (BMS)

  • Master of Business Administration in Banking and Finance (MBA-BF)

  • Master of Business Studies in Finance (MBS-F)

  • Master of Management Studies (MMS) on Pipe Line.

. प्रस्तावितनाम

‘‘लुम्बिनी मानित विश्वविद्यालय”

४. मानितविश्वविद्यालय बहुसंकाय हुने

लुम्बिनी वाणिज्य क्याम्पसमाहालव्यवस्थापन संकायमात्र सञ्चालन रहेको हुँदा विज्ञान तथाप्रविधि संकायथप गरी दुईवटा स्कूलहरु अन्तर्गत पठनपाठन हुन सक्ने ।

(१) स्कूलअफम्यानेजमेन्ट (School of Management)

-(२) स्कूलअफ साइन्स एण्ड टेक्नोलोजी (School of Science and Technology)

. मानितविश्वविद्यालय के हो र किन?

मानितविश्वविद्यालय (Deemed to be University or Deemed University) संघीय सरकार वाप्रदेश सरकारले निर्धारण गरेका मापदण्डहरु पूरा गरी अरु क्याम्पसहरुलाई सम्बन्धनदिननपाउने गरी स्थानीय, प्रदेश, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय रोजगार बजारमाआवश्यकहुने दक्ष जनशक्ति उत्पादन गर्नको लागिआफै समय सुहाउँदा आवश्यकतानुसारका छोटो तथा लामो अवधिका व्यवहारिक, व्यवसायिक तथा प्राविधिक पाठ्यक्रमहरु तयार गर्ने, परीक्षा सञ्चालनगर्ने र नतिजा प्रकाशन गर्न पाउने स्वायत्तता प्राप्त विश्वविद्यालय हो ।

मानित विश्वविद्यालय स्वायत्त विश्वविद्यालयभन्दा संरचनात्मक तथा कार्यात्मक रुपमा केही फरक हुन्छ । मुख्य फरक स्वायत्त विश्वविद्यालय भित् अन्य शैक्षिक संस्थाहरु तथा क्याम्पसहरु पर्न सक्छन् भने मानित विश्वविद्यालय आफैमा एक्लो शैक्षिक संस्था मात्र हो ।

कार्यक्रमहरु छिटो छरितो रुपमा सञ्चालन गर्न सकिने ।

उत्पादित जनशक्तिको व्यवस्थापनमा जिम्मेवार हुने ।

. विधेयकमा तोकिएका मुख्यमा पदण्डहरु वर्तमान अवस्थामा पूरा गर्न सकिने वानसकिने आधारहरु

१. कम्तीमा २५ विगाहाजग्गा, हालक्याम्पस रहेको स्थान देखि बढीमा दुई स्थानसम्म करीब दशकिलोमिटरको दुरीमा व्यवस्थापन गर्नुपर्ने, व्यवस्थापनगर्नुपर्ने ।

२. भवन कम्तिमापनि शैक्षिक, प्रशासनिक र पुस्तकालयको अलगअलग तीनवटा भवनहरु हुनुपर्ने ।  पूरा गर्न सकिने ।

३. छात्रावास महिला र पुरुषको लागि सुविधा सम्पन्न छात्रावासको व्यवस्था हुनुपर्ने । हाल व्यवस्था नभएको र भाडामा भएपनि व्यवस्थागर्न सकिने ।४. शिक्षक÷प्राध्यापक जम्मा शिक्षक संख्या मध्ये कम्तिमा एक तिहाई शिक्षकहरु विद्यावारिधि वा एम.फिल.उपाधि गरको हुनुपर्ने । हालक्याम्पसमा ४९ जनाप्राध्यापकहरुमध्ये एम.फिल. सम्पन्न७जना र एम.फिल. अध्ययनमा४जना पि.एच.डि. सम्पन्न ३ जना र पि.एच.डि. अध्ययनमा ३ जना ।

५. विद्यार्थी साधारण तथा प्राविधिक विषयमा पठनपाठन तथा अनुसन्धानगर्ने गराउने सघन विश्वविद्यालय भएमा कम्तिमापनि दुई हजार विद्यार्थी भएको हुनुपर्ने । अहिले क्याम्पसमा ४४९३ विद्यार्थीहरु अध्ययनरत रहेका ।

६. कोष २५ करोडको अक्षयकोष ५ करोडको खर्च हुने कोष हुनुपर्ने । कोषको स्थापनामा लाग्नुपर्ने ।

Thuprai - Books and E-books