After SEE Portal

एसईईको तयारी अन्तिम अवस्थामा

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारीको अन्तिम चरणमा पुर्याएको छ ।

विगतका दुई वर्ष सम्म कोरोना महामारीका कारण विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले  यो वर्ष भने आफैं परीक्षा सञ्चालन गर्दै छ । आगामी वैशाख ९ देखि सञ्चालन हुने एसईईका लागि सम्पूर्ण तयारी सकेको हो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई परीक्षा गर्ने गरी तयारी गरिरहेको छ ।

प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । सबै केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्त गरेर प्रशिक्षण सञ्चालन गरी रहेको छ

२०७८ को एसईईमा कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थीका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जानकारी दियो । बोर्डका अनुसार देशभरका ११ हजार ६१५ नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी प्राविधिक तर्फका मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

यस पटक ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीसमेत दुई वर्षअघिका परीक्षार्थी सहभागी हुँदै आएका छन् । विगत दुई वर्ष सम्म आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर नपाएका विद्यार्थी यो वर्ष ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदैछन् ।

A Levels MA
Thuprai - Books and E-books