शिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ ।
आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ गत चैत्र १९ गते लिएको परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो ।
सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।