After SEE Portal

प्राविको परीक्षा सर्यो

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८० साल असोज ६ गते सञ्चालन गर्न तोकिएको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) परीक्षाको मिति परिवर्तन गरेको छ ।

आयोगले असार १ गते प्रकाशन गरेको सूचना अनुसार  असोज ६ गते सञ्चालन हुने भनिएको परीक्षाको मिति परिवर्तन गरेको हो ।

आयोगको आजको निर्णयअनुसार सो परीक्षा अब असोज १३ गते सञ्चालन गरिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

आयोगले लोक सेवा आयोगबाट सञ्चालन हुने रा।प। अनङ्कित द्वितीय श्रेणी खरिदार पदको परीक्षाको मितिसँग  आयोगको परीक्षा जुध्न गएकोले परीक्षाको मिति परिवर्तन गरेको छ ।

आयोगको निर्णयानुसार पूर्व निर्धारित मिति २०८० साल असोज ६ गते सञ्चालन हुने परीक्षा मिति २०८० असोज १३ गते शनिवार तोकिएकै स्थान र समयमा सञ्चालन हुने एवं परीक्षा सम्बन्धी अन्य व्यवस्था पूर्व सूचना अनुसार नै रहने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA