After SEE Portal

त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा भट्टराई नियुक्त

Bridge Course

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले मंगलबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराईलाई नियुक्त गरेका छन् ।  इतिहास केन्द्रीय विभागका प्राध्यापक तथा प्राध्यापक संघ केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई आज अध्यक्षमा नियुक्त गरेका हुन् ।

 प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले आज प्राडा भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षता रहेको सिफारिस समितिले भट्टराई सहित प्राध्यापकहरू निलम श्रेष्ठ प्रधान र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले भट्टराईलाई मेरिटका आधारमा नियुक्त गरेको दाबी गरे पनि उनी काङ्ग्रेसको भागमा अध्यक्ष्ँम नियुक्त भएका हुन् । त्रिवि सेवा आयोग २०७९ साउन १८ गते आयोग अध्यक्षविहीन थियो ।

शिक्षामन्त्रालयले दोस्रो पटक साउन २३ गते पुनः आवेदन माग गरेको थियो । पहिलो पटक २०७९ भदौ २८ गते आवेदन माग गरिएको थियो । सो विज्ञापनमा ३८ जनाले आवेदन दिएको भए पनि दलको भागबण्डा नमिल्दा अध्यक्ष नियुक्त हुन सकेका थिएनन् ।

A Levels MA