After SEE Portal

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

Bridge Course

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मा समस्या देखिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको कार्यक्रम स्थगनगरेको छ ।

कार्यक्रमको कार्यान्वयनमा यस आर्थिक वर्षमा धेरै समस्या देखिएपछि मन्त्रालयले कार्यक्रमको स्थगन गरेको हो ।

चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय अत्यन्त कम रहेको हुँदा आजको मन्त्री स्तरीय निर्णयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गर्ने निर्णय गरेको  मन्त्रीको सचिवालयले जानकारी दियो ।

एकातर्फ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमतर्फ भएको स्रोत उपयोग गर्न पनि देखिएका छ भने अर्कोतर्फ जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको  सचिवालले जानकार िदियो ।

 आजको बैठकले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने  निर्णय गरेको छ ।

विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा रहेकाले स्थानीय तहको माग र आवश्यकताका आधारमा  कार्यान्वयन गर्ने मन्त्रालयले निर्णय गरेको हो ।

यसका साथै, उक्त बैठकले आगामी आर्थिक वर्षमा मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमूना सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक रकम विनियोजन गर्न अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।

जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि समेत आवश्यक बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्रीका स्वकीय सचिव आकृति घिमिरेले जानकारी दिइन् ।

बैठकले आगामी आर्थिक वर्षमा यी नमूना सामुदायिक विद्यालय भवन निर्माण र भूकम्प प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधारका लागि विनियोजित बजेट मध्येबाट आवश्यक स्रोतको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने समेत निर्णय गरेको छ।

 

 

A Levels MA
Thuprai - Books and E-books