After SEE Portal

शिक्षण संस्था पूर्ववत रुपमा सञ्चालन

Bridge Course

सम्पूर्ण शिक्षणसंस्था आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आई वायु प्रदूषणको मात्र घट्दै गएपछि शिक्षण संस्था सञ्चालनमा ल्याइएको हो ।

मौसममा सुधार आएका कारण सबै शिक्षणसंस्थालाई पूर्ववत रुपमा सञ्चालनमा ल्याउन समस्या नदेखिएको वातावरण विभागको सुझाव अनुसार शिक्षण संस्था सञ्चालनमा ल्याइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

केही स्थानीय पालिकाले विद्यालय निरन्तर सञ्चालनमा ल्याएको भए पनि अधिकांश पालिकामा शिक्षण संस्था बन्द गरिरहँदा विद्यार्थीको पठनपाठनमा असर पर्ने हुनाले प्रदूषणको मात्रा घट्दै गएपछि शिक्षण संस्था निर्वाध रुपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

यस अघि नै राजधानीको केही निजी तथा सामुदायिक विद्यालयले वायु प्रदूषणको मात्र घटेको भन्दै पठनपाठन सञ्चालन गरिसकेका छन् ।

यस अघि सरकारले वायु प्रदुषण बढेको र यसले सबैभन्दा असर बालबालिकालाई भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका भए पनि शिक्षण क्रियाकलाप प्रभावित भएको प्रशासनिक तथा परीक्षा भने यथावत राखिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books