After SEE Portal

ईसीडी शिक्षकको संघ सरकारले प्रदान गर्ने पारिश्रमिक मात्र हस्तान्तरण भएको हो

Bridge Course

चालु आवको बजेटमा बढेको रुपियाँ भनिएको हिजो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचना पश्चात सामाजिक सञ्जालमा एक खालको बहस सिर्जना भएको छ । केहीले हिजोको केन्द्रको सूचनामा प्रारम्भिक बाल विकास सहजकर्ताले (इसीडी शिक्षक) तलब बढेको हो वा होइन भन्ने जिज्ञासा गरेका छन् भने धेरै अन्योलमा अन्योलमा छन् ।

केन्द्रले जारी गरेको एउटा पत्रमा  ‘पारिश्रमिक थप सम्बन्धमा’ भनेर स्थानीय तहलाई निर्देशनात्मक सूचना जारी गरेपछि सामाजिक सञ्जालमा बहस सिर्जन भएको हो ।

केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको स्पष्ट बताएको छ । सा तलब चालु आर्थिक वर्षको हो भनेर स्पष्ट भनेको छ । ‘इसीडी शिक्षकको थप पारिश्रमिक बउशीनं ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत खर्च शीर्षक नं. २६३३२, क्रियाकलाप नं.१.१.४.३ प्रारम्भिक बालविकास सहजकर्ताहरूको पारिश्रमिक थप शीर्षकमा थप बजेट स्वीकृत भई सम्बन्धित स्थानीय तहको एलएम्बीआईएसमा प्रविष्टी गरिसकेको’ भनेको छ ।

सो रकम भनेको इसीडी शिक्षक व्यवस्थापन तर्फ संघीय सरकारको रु.१० हजार (चालु आवमा बढेको दुई हजारसहित) भनिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताए । स्थानीय सरकारको दायित्वमा रहेको न्यूनतम ७ हजार रुपियाँ स्थानीय सरकारकै दायित्वमा रहेको उनले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books