After SEE Portal

चिकित्सा शिक्षामा अनलाइन कक्षाः प्रयोगात्मक कक्षा दूरी कायम गरेर गर्ने तयारी

Bridge Course

चिकित्सा शिक्षातर्फका सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि अनलाइनको पहुँचभन्दा बाहिर रहेका केही विद्यार्थीहरुलाई अफ्ठेरो परेको छ ।

कतिपय विद्यार्थीहरु घर गएको र मोबाइलमा नेटवर्क नटिप्ने समस्याका कारण अनलाइन कक्षामा सहभागी हुन बञ्चित भएका छन् । अहिले अनलाइनमार्फत त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले धमाधम कक्षा सञ्चालन गर्दै आएका छन् । त्रिविअन्तर्गत १० वटा मेडिकल कलेज छन् । यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गत् ११ वटा मेडिकल कलेज छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनित सिन्हका अनुसार सरकारले नेपाल टेलिकमको सेवा सहज र सरल तरिकाले प्रवाह गर्नुपर्छ हुन्छ । उनले भने, ‘हाम्रो क्लासमा ९१ जना विद्यार्थी छौं । नेटवर्कको समस्या भएपछि तीन जना अनलाइन कक्षा लिनबाट बञ्चित भएका छन् । दिनको एउटा विषयको कक्षा सञ्चालन हुँदै आएको छ ।’

उनले छुटेका विद्यार्थीको लागि कलेजले विशेष ध्यान दिनुपर्ने बताए । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थी सुजन कडरियाले केही विश्वविद्यालयले अनलाइनबाट समेत परीक्षा लिने भनेर विद्यार्थीलाई आग्रह गरेको बताए । उनले भने, ‘कक्षा सञ्चालन हुनु त राम्रो हो । तर यो कक्षालाई आधिकारिक मान्यता दिनुहुँदैन ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी कृष्णकुमार गुप्ताले हरेक विद्यार्थीसँग गुणस्तरीय इन्टरनेटको पहुँच नभएको हुँदा इन्टरनेट सेवा प्रदायक र दूरसंचार सेवा प्रदायकसँग आवश्यक समन्वय गरी लकडाउन अवधिसम्म हरेक विद्यार्थीलाई सहज र सर्वसुलभ इन्टरनेट सेवा प्रदान गरिदिन सरकारलाई आग्रह गरे ।

चिकित्सा शिक्षातर्फ हाल सञ्चालन भइरहेको अनलाइन कक्षाले मान्यता पाउने भएको छ । लकडाउनको अबधि लम्बिएको र कहिलेसम्म भन्ने टुगों नलाग्दा वार्षिक तालिका खलबलिने भन्दै अनलाइन कक्षालाई मान्यता दिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले अनलाइन कक्षा निर्देशिका २०७७ स्वीकृत गरिसकेको छ । नेपाल मेडिकल काउन्सिलले अनलाइन कक्षालाई मान्यता दिएको जनाएको छ ।

काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीले सैद्धान्तिक कक्षा कलेजहरुले सञ्चालन गरिरहेको भन्दै यसैलाई आधिकारिक मान्यता दिइने बताए । प्रयोगात्मक कक्षाका सन्दर्भमा कलेजसँग छलफल चलिरहेको भन्दै उनले थपे, ‘अनलाइन कक्षामा प्राक्टिकल कक्षा चाहिँ सम्भव छैन तर, सैद्धान्तिक कक्षालाई मान्यता दिएका छौँ । पहुँच नहुनेको लागि कक्षा दोहोर्याउन सकिन्छ ।सैद्धान्तिक कक्षा भनेको एउटै क्लासमा राखेर गर्ने हो । अनलाइन कक्षा गराइएन भने भोलि छ वर्षको कोर्स सात वर्ष लाग्यो भने विद्यार्थी पनि त मारमा पर्छन् ।’

उनले अर्थ र समयकाे लगानी खेर जानसक्ने भएकाेले सैद्धान्तिक कक्षा अनलाइनबाट भएकोलाई आधिकारिक मान्नुपर्ने बताए । अनलाइनबाट रिसर्च गर्न मिल्छ । इन्टरनेटको पहुँच पुर्याउन र सहज बनाउन सरकारले बरु विशेष ध्यान दिनुपर्ने बताए ।  प्रयोगात्मक कक्षाको सन्दर्भमा कलेजहरुसँग छलफलमा रहेकाे उल्लेख गर्दै उनले यातायात सहज भएपछि विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गराएर प्रयोगात्मक कक्षा अघि बढाउने योजनामा रहेकाे बताए ।

A Levels MA