After SEE Portal

उपाध्यक्ष गिरीको कारबाही गर्ने चेतावनी युक्त अभिव्यक्तिपछि नोवेलले विद्यार्थीलाई पढ्न बोलायो (साप्ताहिक शैक्षिक गतिविधि फागुन २१–२७)

Bridge Course

सोमबार बसेको संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताए ।

उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको र पटक–पटक ध्यानाकर्षण गराए पनि अटेरी गरेको भन्दै अबको विकल्प कारबाही हुने धारणा व्यक्त गरेको समाचारलाई विभिन्न संचार माध्यमले प्रमुख स्थान दिएर प्रकाशन तथा प्रशारण गरे । विद्यार्थीका लागि छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए। छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने उनले स्पष्ट पारे। उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प सिट नदिने वा सम्बन्धन खारेजी भएको चेतावानीमुलक अभिव्यक्ति दिएसंगै कलेजले एमबीबीएस प्रथम वर्षमा पढाइबाट वञ्चित भएका सबै विद्यार्थीलाई पढाइमा सहभागी हुन विज्ञप्ति जारी गरेरे नै अपिल गर्यो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्रा।डा। रामहरि घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै पढाइमा सहभागी हुन आग्रह गरेका हुन्।

विज्ञप्तिमाफर्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट नलिएको उल्लेख गर्दै कलेजले कुनै पनि विद्यार्थीप्रति पूर्वाग्रह नराख्ने भन्दै सबैलाई पढाइमा सहभागी हुन आग्रह गरेको छ। एमबीबीएस १५औँ ब्याचमा भर्ना भएका ११० विद्यार्थीमध्ये १० जना अझै असुरक्षा भएको भन्दै पढाइमा सहभागी भएका छैनन्।

१५औँ ब्याचको भर्ना प्रक्रिया पूरा गरेर एमबिबिएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीले कलेजबारे कपोलकल्पित र भ्रामक कुरा उल्लेख गरी सञ्चारमाध्यमबाट अफवाह फैलाएको कलेजले आरोप लगाउँदै आएको छ ।

नोबेल मेडिकल कलेज, आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच ३० पुस ०७८ मा भएको लिखित सहमतिलाई अक्षरशः पालना गर्ने पनि कलेजले प्रतिबद्धता जनाएको छ। साथै, हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीलाई यथाशक्य चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन कलेजले आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल समेत गरेको छ।

सिए उत्कृष्ट रोचक श्रेष्ठ

 रोचक श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) मा नेपाल कै उत्कृष्ट छात्र भएका छन् । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरबाट कक्षा ११ र १२ उतीर्ण गरेका रोचक चाटर्ड सिए परीक्षामा नेपाल टपर हुन सफल भएका हुन्।

ख्वप माध्यमिक विद्यालयका अनुसार रोचक कक्षा १ज्ञ र १२ विज्ञान समूहमा अध्ययन गरेका थिए ।२०७३–०७४ मा उनले १२ कक्षा उत्तीर्ण गरेका हुन् ।

भक्तपुर नगरपालिका वडा नं १ निवासी रोचकले सीए क्याप ३ परीक्षाको रिजल्टमा आफू नेपाल टपर भएको जानकारी दिए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए।

त्रिवि सेवा आयोगको ताला खुल्यो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगमा लागेको ताला एक महिनापछि खुलेको छ। आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समिति र त्रिविबीच शिक्षकको स्थायी र पदोन्नतिका लागि लिइने आगामी परीक्षाको पाठ्यक्रम तथा मूल्यांकन पद्धति परिमार्जनका लागि स्वतन्त्र विज्ञ समूह गठन गर्न त्रिवि सेवा आयोगलाई १५ दिनभित्र अनुरोध गर्नेलगायत चारबुँदे सहमति भएपछि बुधबार ताला खोलिएको हो।

वार्ता समितिबीच आगामी चैतमा सेवा आयोगले सञ्चालन गर्ने उपप्राध्यापक पदको परीक्षा आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनअघि प्राविधिक विषयको र पछाडि अन्य विषयको गर्ने सहमति भएको छ। त्यसका लागि सेवा आयोगले पुनः परीक्षा तालिका सार्वजनिक गर्न अनुरोध गर्ने सहमति भएको छ।

यसैगरी सेवा आयोगको परीक्षालाई मर्यादित र निर्बाध रूपमा सञ्चालन गर्न सबैले आवश्यक सहयोग गर्ने र आंशिक प्राध्यापक सेवा आयोगमा लगाएको तालाबन्दी, धर्ना, विरोधलगायतका कार्यक्रम फिर्ता लिने सहमति पनि भएको जनाइएको छ।

सहमतिपत्रमा संघर्षका अध्यक्ष गोकुल लिम्बू, सदस्य राजेन्द्र आचार्य र सदस्य बैकुण्ठ थापाले हस्ताक्षर गरेका छन् भने त्रिवि वार्ता टोली संयोजक विष्णुप्रसाद वाग्ले, सदस्य हिक्मतबहादुर राणा र सदस्य अर्जुनविक्रम खड्काले हस्ताक्षर गरेका छन्।

विभिन्न राजनीतिक दलनिकट शिक्षक र विद्यार्थी संगठनहरूले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले गरिने आन्दोलन र तालाबन्दीका कारण त्रिवि एक महिनादेखि गन्जागोल बन्न पुगेको छ। त्यस्ता गतिविधिका कारण त्रिविले दैनिक शैक्षिक, आर्थिक र प्रशासनिक काम सहज रूपमा गर्न सकेको छैन। उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायतले कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् ।

माघ पहिलो सातादेखि आंशिक प्राध्यापकहरूले स्वतः करार हुनुपर्ने माग राख्दै विश्वविद्यालयका सेवा आयोग, उपकुलपति, रेक्टर, रजिस्ट्रार, सबै डिन कार्यालय र ६२ वटै आंगिक कलेजका लेखा, प्रशासन र कार्यालय प्रमुखहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गरी आफ्नो हितमा तीनको सार्थक उपयोग गर्नु पर्नेमा जोड दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मत हुने विश्वास व्यक्त गरेको छ ।

प्याब्सनले लोकतान्त्रिक व्यवस्थामा नेतृत्व लिन सबैले सक्ने तर विगतमा जस्तो प्यानलनै चुनावमा नलड्ने गरी गृहकार्य थालेको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९राष्ट्रिय प्याब्सन०को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ ।

विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट उल्लेख भएको बताउँदै भने, “विगतमा कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन गर्ने गरिएकोमा अब कक्षा १२ को परीक्षा एसएलसी हुने भनी स्पष्ट व्यवस्था छ । सोहीअनुरुप शिक्षा नियमावली (नवौँ संशोधन) मा माध्यमिक उत्तीर्ण परीक्षा कक्षा १२ मा सञ्चालन हुने व्यवस्था गरिएको छ । त्यसैले विगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैन ।”

A Levels MA
Thuprai - Books and E-books