प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वास

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मत हुने विश्वास व्यक्त गरेको छ ।

प्याब्सनले लोकतान्त्रिक व्यवस्थामा नेतृत्व लिन सबैले सक्ने तर विगतमा जस्तो प्यानलनै चुनावमा नलड्ने गरी गृहकार्य थालेको छ ।

आगामी चैत ९ र १० गते हुने १५औं राष्ट्रिय महाधिवेसनले तीन वर्षे कार्यकालको लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने प्याब्सनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित प्रज्ञा भवनमा हुने महाधिवेसेनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने, पहिलो पटक निर्वाचन विद्युतीय प्रणालीमार्फत गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्मेलनमा प्याब्सनले महाधिवेसन उद्घाटनकै दिन विहान साढे आठ बजे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनकुने स्थित आफ्नै भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए । सो भवन प्याब्सनले हालै १४ करोड रुपियाँमा हो ।

त्यस्तैगरी कोसी बाढी पीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विगाह जग्गामा प्याब्सन सदस्य विद्यालयहरुको योगदानबाट संकलित एक करोड ५० लाख रुपियाँको लागतमा निर्मित ‘प्याब्सन सामूहिक बस्ती’ को हस्तान्तरण चैत १ गते गरिने सम्मलेन वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books