शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक गरेको छ ।
मन्त्रालयले A Level, International Baccalaureate, CBSE सञ्चालन हुने शिक्षण संस्था सार्वजनिक गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचनामा संलग्न सूची बाहेकका शिक्षण संस्थामा आफ्ना बालबालिकालाई भर्ना नगर्न नगराउन समेत आग्ह गरेको छ ।
अनुमति नै नलिई यी कार्यक्रम सञ्चालन गरेको पाइएमा शिक्षण संस्थालाई प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।