
नेपाली राजदूतावास ओटावा, क्यानडाले पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । क्यानडामा नयाँ शैक्षिक सत्र सुरु हुन लागेसंगै दूतावासले यस्तो आग्रह गरेको हो ।
रोजगारी, आवास तथा ठगिने समस्या बढ्दै गएपछि दूतावसाले यस्तो सुझाव दिएको हो ।
दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदि बारे पर्याप्त खोजी गरी बुझेर मात्रै क्यानडा जान आग्रह गरेको छ । साथै अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थी ठगिने समस्या देखिएको सूचनामा उल्लेख छ ।
पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई आग्रह