After SEE Portal

आर्थिक अपचलन र अनियमितता भएको छैनः शिक्षक महासङ्घ

Bridge Course

नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले महासङ्घ भित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन् ।

महासचिव सुवेदी र सहअध्यक्ष दवाडी ले आज एक विज्ञप्ति जारी गरी २०७४ फाल्गुणमा भएको प्रथम राष्ट्रिय महाधिवेसनबाट अहिलेको समिति नेतृत्वमा आएपछि संस्थामा भ्रष्टाचार जन्य गतिविधि नभएको प्रष्ट पारेका हुन् ।

कोही कसैलाई महासङ्घमा च्रष्टाचार भएको जस्तो लागेको भए उक्त आरोप सावित गर्न सार्वजनिक चुनौती समेत दिएको छ । कुण्ठा र हिन मानसिकताबाट ग्रसित भई यस्ता आधारहिन कुरा सामाजिक सञ्जालमा जथाभावी नलेख्न आग्रह समेत गरेको छ ।

संस्थागत मर्यादा र आस्था माथि समेत आँच आउने गरी अनियन्त्रित र अराजक कियाकलाप गर्ने गराउने त्यस्ता व्यक्तिहरुलाई नियमानुसार कार्यवाही गर्न सम्बन्धित संस्थालाई महासंघले आग्रह समेत गरेको छ ।

‘महासङ्घ शिक्षक–कर्मचारीका विभिन्न मागहरु सरकार समक्ष पेश गरी अहिले आन्दोलनमा रहेको हुँदा महासङ्घ र त्यसका पदाधिकारीलाई बदनाम गर्ने नियतबाट आधारहिन व्यक्तिगत लाञ्छना समेत लगाउदै सामाजिक सञ्जाल लेखिएका विषयहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘केही गलत मनशासबाट सञ्चालित व्यक्तिहरु आन्दोलन सञ्चालन भए देखि नै संस्थाको उपस्थिति र औचित्य माथि नियोजित प्रहार गरी शिक्षक एकता र आन्दोलन विफल तुल्याउने काममा सक्रिय देखिएका छन् । गलत मनशाय तथा आग्रह प्रेरित भई गरिने यस्ता भ्रमात्मक प्रचारबाट प्रकारान्तले सरकार र तिनको पक्षधरहरुलाई नै मद्दत पुग्ने कुरामा कुनै शंका छैन । त्यसैले यस्ता भ्रमात्मक प्रचारमा विश्वास नगर्न हामी तमाम शिक्षक–कर्मचारी साथीहरुमा हामी अपिल गर्दछौं ।’

केहीदिन अघि महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले आज अख्तियार दुरुपयोग अनुसंधान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा छानविनका लागि निवेदन दिएका थिए । यो विषय सामाजिक सञ्जालमा छताछुल्ल भएको केही दिनपछि महासंघले उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो विज्ञप्ति जारी गरेको जानकारी दियो ।

 

A Levels MA
Thuprai - Books and E-books