After SEE Portal

कामपामा डिआई राख्न नपाइने

Bridge Course

काठमाडौँ महानगरपालिका भित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् ।

विद्यार्थीलाई विभिन्न बहानामा याताना दिने कार्य बढ्न थालेपछि कामपाले यस्तो निर्णय गरेको हो ।

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले आइन्दा डिआई राख्न नपाउने र उनीहरुलाई तत्काल हटाउन शिक्षण संस्थालाई निर्देशन दिइएको जानकारी दिए ।

उनले डिआइको सट्टामा परामर्शदाता राख्न सकिने बताए । परामर्शदाताले परामर्शसम्बन्धी प्रशिक्षण लिएको हुनुपर्छ । प्रशिक्षण नलिइएको राख्न पाइँदैन उनले भने अनुशासन कायम गर्ने नाममा अहिले राखिएका व्यक्तिहरुलाई हटाउनुपर्छ ।

शिक्षण संस्थाहरुले अनुशासन कायम गर्ने नाममा डिआइ राख्ने गरेका छन् र तिनले विद्यार्थीलाई कुट्ने, यातना दिने लगायतका कार्य गर्ने गरेको पाइएको छ । डिआई प्रायः निर्दयी चरित्रका हुने गरेको पाइएको छ । यिनका कुटाइबाट विद्यार्थी अंगभंग हुने गरेको पनि पाइएको छ । कामपाका सामुदायिक विद्यालयमा समेत डिआईको व्यवस्था हुँदै आएको पाइएको छ ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकामाथि हुने अमानवीय कार्यलाई हिंसाका रुपमा परिभाषित गरिएको छ । बालबालिकाको शरीरमा चोटपटक पुर्याएमा ७५ हजार रुपियाँ वा तीन महिना कैद वा दुवै दण्ड सजाय हुनसक्ने ऐनमा व्यवस्था छ ।

A Levels MA