After SEE Portal

निमाविको नतिजा सार्वजनिक, आयोगको वेबसाइटमा समस्या

Bridge Course

शिक्षक सेवा आयोगले केही समय अगाडि निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेकोछ । नतिजा सार्वजनिक भएसंगै शिक्षक सेवा आयोगको वेबसाइटमा समस्या देखिएको छ । आयोगको वेबसाइटमा समस्या भएपछि नतिजा हेर्न समस्या भएको परीक्षार्थीहरूले गुनासो गरेका छन् ।

एकतर्फ हिजैंबाट २७ प्रतिशत मात्र पास भन्ने समाचार सञ्चार माध्यममा आइरहेको अर्कोतर्फ नतिजा नै हेर्न नपाएपछि आफूहरू मानसिक तनावमा  परेको परीक्षार्थीहरूले दुखेसो व्यक्त गरे । 

निमाविको नतिजा

निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदका लागि ८८ हजार ५१९ जना परीक्षार्थीले परीक्षा आवेदन  फारम भरेका थिए ।  सामान्य विषयको परीक्षामा जम्मा ७६ हजार ९०६ परीक्षा सहभागी भएका थिए । सहभागी मध्ये २० हजार ९८२ जना मात्र उत्तीर्ण भएका छन् । कुल उत्तीर्णको संख्या हेर्दा निमाविमा २७.२८ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्राप्त विवरण अनुसार निमाविको नतिजा प्रदेशगत रुपमा हेर्दा प्रदेश नं. १ मा पद माग संख्या ७७८ रहेको थियो । सो परीक्षामा १९ हजार २० जना सहभागी मध्ये ५ हजार १८२ उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत कुलमा २७. २५ मात्र हो । भने, मधेश प्रदेशमा १९३ पद माग संख्यामा १ हजार ११ उत्तीर्ण भएका छन् । सो प्रदेशबाट लिखित परीक्षामा ५ हजार ८५३ परीक्षार्थी सहभागी भएका थिए । यो प्रदेशका १७.२७ प्रतिशत मात्र उत्तीणृ भएका छन् । त्यसेगरी बागमती बाट पद माग संख्या ४३३ रहेको थियो । सो परीक्षामा ११ हजार ५२६ जना सहभागी भएका मध्ये ३ हजार ५७७ उत्तीर्ण भएका छन् । यो प्रदेशमा ३१.०३ परीक्षाथीृ उत्तीर्ण भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशबाट १४ हजार २०६ सहभागी मध्ये ४ हजार ३४१ उत्तीर्या भएका छन् । यो प्रदेशबाट ३०.५६ प्रतिशत उत्तीणृ भएका छन् । यो प्रदेशको कुल पद माग संख्या ५४३ रहेको छ । त्यस्तै लुम्बिनीबाट लिखित परीक्षामा ११ हजार ८४४ सहभागी भएका थिए । ३ हजार ३६१ उत्तीर्ण भएका छन् । यो प्रदेशबाट २८.३८ प्रतिशत मात्र उत्तीणृ भएका छन् । यो प्रदेशको कुल पद माग स.ख्या २७८ रहेको छ ।

त्यस्तै कर्णालीबाट ४ हजार ७८८ सहभागी मध्ये १हजार ६९ उत्तीर्ण भएका छन् । यो प्रदेशबाट २२.३३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । सो प्रदेशको कुल पद माग संख्या १५८ रहेको छ । त्यस्तै सुदूरपश्चिमबाट लिखित परीक्षामा ९ हजार ६६९हभागी मध्ये २ हजार ४४१ उत्तीर्ण भएका छन् सो प्रदेशको उत्तीर्ण प्रतिशत २५.२५ प्रतिशत रहेको छ । सो प्देशको पद माग संख्या २१५ रहेको छ । एकाबिहानै आयोगको वेबसाइटमा  समस्या देखिएपछि अहिले नतिजा हेर्न नपाएर तनावमा  परेको बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books