शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ ।
लाइसेन्स परीक्षामा उत्तीर्ण उम्मेदेवारले सम्बन्धित एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो । लाइसेन्स वितरण गर्न सुरु भएको एक वर्ष भित्र लिइसक्नु पर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।
अन्तवार्ता संशोधन
आयोगले निम्न माध्यमिक तहको शिक्षक छनोटका लागि लिने अन्तर्वार्ताको मिति संशोधन गरेको छ । आयोगले शिक्षक पदको लुम्बिनी प्रदेशको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको हो ।आयोगको आजको निर्णय अनुसार निमावि तह तृतीय श्रेणी शिक्षक पदको नेपाली, अंग्रेजी र सामाजिक विषयको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको छ ।