SEE Result 2082

१०३ विद्यालयमा नयाँ पाठ्यपुस्क परीक्षण, अब आउने पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा

प्रत्येक प्रदेशका दुई जिल्लाका १०३ वटा विद्यालयमा नयाँ पाठ्यपुस्तक परीक्षण गरिने भएको छ । दुई, तीन र ६ कक्षा नयाँ पाठ्यपुस्तक यो शैक्षिक सत्रमा परीक्षणका लागि लैजाने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्राईले बताए । परिमार्जित नयाँ पाठ्क्रम अनुसार तयार गरिएका पाठ्यपुस्कहरु परीक्षण पछि आएको पृष्टपोषणका आधारमा अर्को शैक्षिकसत्र देखि लागु हुने केन्द्रले जानकारी दियो ।

त्यसैगरी केन्द्रले मन्त्रिपरिषद्ले भारतद्वारा अतिक्रमित भूमि समेटेर तयार गरेको नेपालको नयाँ नक्सा अब आउने पाठ्यपुस्कमा राख्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सा सरकारले गत सोमबार स्वीकृत गरेसंगै पाठ््यपुस्तकमा नयाँ नक्सा राखिने भएको हो।

मन्त्रिपरिषद् बैठकले नेपालको पश्चिम–उत्तरको अन्तर्राष्ट्रिय सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर तयार गरेको नयाँ नक्सा पाठ्पुस्तकमा समावेश गरिने केन्द्रले जानकारी दियो ।

नयाँ नक्सामा सन् १८१६ को सुगौली सन्धीले निर्धारण गरेको नेपालको भूमि समेटिएको ‘ र मन्त्री परिषद्ले स्वीकृत गरेपछि पाठ्यपुस्कतमा सो नक्सा समेट्न लागिएको हो । ‘अहिले आएका पाठ्यपुस्तक जे जस्तो छ त्यही कार्यान्वयन हुन्छ तर अब आउने पाठ्यपुस्तकमा नयाँ नक्सा राखिने छ’ निर्देशक भट्टराईले भने ।

+2 School
Counseling
Bachelors Portal