Managed Admission 2022

नयाँ कक्षा, नयाँ उत्साहका साथ विद्यालय पुगे बालबालिका

Bachelors Portal

कारोना महामारीका कारण दुई वर्षसम्म नयाँ शैक्षिक सत्रको पहिलो दिन विद्यालय टेक्न नपाएका बालबालिकाले २०७९ को नयाँ शैक्षिक सत्र  सुरु भएको दुई दिन पछि विद्यालयमा प्रवेश गरेका छन् । यो शैक्षिक सत्र जेठ १ गतेबाट नै सुरु भएको भए पनि सार्वजनिक बिदाका कारण आज पहिलो दिन  बालबालिका विद्यालय प्रवेश गरेका हुन् ।

महामारीका कारण नियमित विद्यालय जान नपाएका धेरै बालबालिका नयाँ उत्सहका साथ नयाँ कक्षामा प्रवेश गर्न पाएकोमा उर्षित भएको बताउँछन् । भक्तपुरको सूर्य विनायक नगरपालिकाको अरनिको माविमा कक्षा १०मा  अध्ययनरत सोना न्यौपाने आज पहिलो दिन विद्यालयमा जान पाएकोमा  खुसी लागेको बताउँछिन् । ‘धेरैपछि पहिला जस्तै नयाँ कक्षामा पहिलो दिन नै जान पाइयो खुसी छु ।’ उनी भन्छिन्, ‘अब फेरी लामो समय विद्यालय जान नपाइ घरैमा  थुनिएर बस्न नपरोस् भनेर खुसी लागेको छ ।’

उनी  विद्यालय जान पाएकोमा हर्षित छिन् भक्तपुरकै कक्षा  ९ मा अध्ययरत सोहन  न्यौपाने । उनलाई पनि अब कहिल्यै घरैमा बस्नु नपोस् जस्तै लागेको छ । स्थानीय रेम्बो बोडिङ स्कुलमा अध्ययरत उनको विद्यालयले भने गत वैशाख २५ गते देखि नै पठनपाठन सुरु गरिसकेको छ । उनलाई पनि अब आफू वर्सभरि नै विद्यालय जान पाएँ हुन्थ्यो जस्तो लागेको छ ।

देशैभर सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिमा आजदेखि नयाँ कक्षा नयाँ उत्साहका साथ विद्यालय पुगेका छन् । केही सामुदायिक विद्यालयले आजदेखि पठनपाठन सुरु गरेको भए पनि केहीले पाठ्यपुस्तक नपाएका बालबालिकालाई पाठ्यपुस्तक वितरण, अभिभावक परामर्श  गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् । भने अधिकांश निजी विद्यालयले  यस अघि नै नयाँ कक्षा सञ्चालन गरिसकेका छन् ।

काठमाडौं महानगरपालिकाले आगामी ५ जेठदेखि  सबै विद्यालयले पठनपाठन सुरु गरिसक्नु पर्ने निर्देशन दिइसकेको छ ।  अहिले महानगरका सबै विद्यालय बार्षिक कार्यतालिका बनाउन  जुटेको हुँदा विद्यालय भने खुलिसकेको प्रधानाध्यापहरू बताउँछन् ।

फोटोः जनकल्याण मावि महांकालको फेसबुकबाट

ललितपुर महानगरपालिकाका सबै विद्यालय आज खुलेको  शिक्षा विभागले जानकारी दियो । ललितपुरका अधिकांश विद्यालयले ५ गते सम्ममा पठनपाठन सुरु गरिसक्ने गरी कार्ययोजना बनाइ सकेको शिक्षा विभागको दावी छ ।

शिक्षामा फरक पहिचान बोकेको भक्तपुर नगरपालिकाले भने जेठ १ गतेदेखि नै  पठनपाठन सुरु गराइसकेको छ । नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार अधिकांश विद्यालयले पठनपाठन सुरु गरिसकेका छन् ।

उपत्यकाका मात्र होइन उपत्यका बाहिरका विद्यालय पनि नियमित खुल्ने आशाका साथ आजैबाटै खुलेका छन् ।

 

I Tech store
Thuprai - Books and E-books