SEE Result 2082

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्र्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार २०४ रहेको छ ।

 

नतिजा अनुसार सबैभन्दा बढी अर्थात् ८६ हजार २२७ विद्यार्थीले २.०१ देखि २.४० जिपिए ल्याएका छन् भने १.६१ देखि २.०० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ६२ हजार ६१९ तथा २.४१ देखि २.८० जिपिए ल्याउने ५६ हजार ५०३ विद्यार्थी रहेका छन् । त्यस्तै ६२ हजार ६१९ विद्यार्थीले १.६१ देखि २.०० जिपिए, १९ हजार विद्यार्थीले १.२१ देखि १.१६० जिपिए, तीन हजार ५२४ विद्यार्थीले ०.८१ देखि १.२० जिपिए र १३ हजार ३६२ विद्यार्थीले ०.८० भन्दा कम जिपिए ल्याएका छन् ।

 

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कूल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेको र ग्रेडिङ पद्दतिअनुसार नौ तहको ग्रेड अनुसार नतिजा सार्वजनिक गरिएको शर्र्माले बताउनुभयो । ग्रेडवृद्धितर्फ ७८ हजार ७४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । बोर्डले ५७ हजार १७० परीक्षार्थीले आशिंक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

+2 School
Counseling
Bachelors Portal