After SEE Portal

भोलि राष्ट्रिय शोक, सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

Bridge Course

काठमाडौँ — सरकारले बिहीबार एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

मन्तिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने छ।
मन्त्रि अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरिएको छ।

उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ । यस घडीमा गहिरो दु:ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना 

आज मिति २०७५ फाल्गुण १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र प्रसाद अधिकारी लगायतका महानुभावहरूको असामायिक एवम् दुःखद निधन भएकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५ फाल्गुण १५ गते बसेको आकस्मिक बैठकबाट मिति २०७५ फाल्गुण १६ गते राष्ट्रिय शोक मनाउने र स्वदेशमा रहेका सबै सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू एवम् विदेशस्थित कुटनैतिक नियोगका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम भोलि मिति २०७५ फाल्गुण १६ गते सम्पूर्ण शिक्षण संस्थाहरूमा सार्वजनिक विदा दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books