Bachelors Portal

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिका

Managed Admission 2022

काठमाडौं महानगरपालिका भित्रको  सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् ।

ती विद्यार्थीलाई उनीहरूको रुची तथा आकर्षणका आधारमा महानगरपालिकाले विभिन्न खालका  व्यवहारिक सिप प्रदान गरिरहेको छ ।

 तस्विर : अमृत पाण्डे/अवलोकन गर्दै थाइल्याण्डका राजदूत सुवापोङ् सिरिसोरासहित महानगरपालिकाका पदाधिकारी

बौद्धिक अवस्था विकासका लागि  ग्रोस मोटर एक्टिभिटिजअन्तर्गत खेल खेलाइने गरिएको छ । 

सिप विकासमा अभ्यस्त भएर अरुले भनेको कुरा केही बुझ्न सक्ने भएका बालबालिकामध्ये केहीलाई खाम बनाउने सिप सिकाउने गरिएको महानगरपालिकाले जानकारी दियो । विद्यार्थीको रुची अनुसार केहीलाई  चित्रकलातर्फ अभ्यस्य बनाउने गरिएको छ ।

सुस्त मनःस्थिति भएका बालबालिकाले अहिले ती विद्यालयमा  विभिन्न खालका सिप सिकिरहेका छन् । विद्यालयले समूह कार्यका रुपमा विद्यालयको कौसीका गमलामा विरुवा रोपेर मल हाल्ने, गोड्ने लगायतका सिप सिकाइने गरिएको छ । भने केही बालबालिकालाई उनीहरूको रोजाइका आधारमा   नृत्य, गायन तथा वादन सिकाउने गरिएको छ ।

बौद्धिक विकास नभएकाकारण असल र खराब तथा आफू अनुकुल र प्रतिकुल अवस्था छुट्याउन नसक्ने बालबालिकालाई यति सिप विकास गराउनु ठूलो उपलब्धि भएको महानगरपालिकाले जनाएको छ ।

विद्यालयले सीमित स्रोतबाट भएको व्यवस्थापन अनुकरणीय रहेको महानगरको शिक्षा विभागले जानकरी दियो ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार शिक्षालाई समावेशी मात्र होइन, पहुँचमा समता  प्रदान गर्नुपर्ने हुँदा सामान्यभन्दा फरक अवस्थाका बालबालिकाको शैक्षिक, मानसिक, सामाजिक विकासका लागि गरिएका सिकाइ र विकास अभ्यास आदान प्रदान व्यवस्थापनको दायरा फराकिलो हुन सक्छ ।

महानगरपालिका प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलले आर्थिक, सामाजिक, बौद्धिक, मानसिक तथा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिकाले शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनेर महानगरपालिकाले शिक्षामा लगानी बढाएको  बताए ।

 सुस्त मनःस्थिति भएका बालबालिकाकालाई अध्ययन गराउन खटिएका शिक्षकहरुको योगदान प्रशंसा गरेर नपुग्ने उनको धारणा छ ।

विद्यालयका प्रधानाध्यापक सोमबहादुर श्रेष्ठका अनुसार यो विद्यालय २०४३ सालमा नक्सालमा स्थापना गरिएको हो । यसपछि बागबजारहुँदै अहिले सिनामंगल पुगेको छ । विद्यालयमा ६ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई भर्ना गरेर अध्ययन गराउने  गरिएको छ ।  तर, एक पटक भर्ना भएर पढ्न थालेका विद्यार्थीहरुलाई अन्यत्र कतै लैजाने विकल्प नभएपछि ३५ वर्ष सम्मका व्यक्तिहरुलाई पनि अध्ययन गराइरहनु परेको  छ ।

महानगरपालिकाभित्र ४ प्रकारका विशेष विद्यालय छन् । वडा नं. ३१ भीमसेनगोलामा रहेको निर्मल बाल विकास आधारभूत विद्यालयमा सुस्त मनःस्थिति भएका बालबालिका मात्र छन् ।

यस्तै वडा नं. ९ सिनामंगलमा रहेको बालापीठ आधारभूत विद्यालय छ । यो श्रवण दृष्टिविहिन (डिफ व्लाइन्ड) बालबालिकाहरूका लागि सञ्चालित विद्यालय हो । यस प्रकारका बालबालिकाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको विद्यालय  एक हो । 

यस्तै नक्सालमा केन्द्रिय बहिरा विद्यालय छ । यो श्रवण क्षमता नभएका बालबालिकाहरूका लागि हो । जेलभित्र ३ वटा विद्यालय छन् । यीमध्ये २ वटा छात्रका लागि र एउटा छात्राका लागि सञचालन गरिएको विदालय  हो ।

Select college / campus