After SEE Portal

पछिल्लो घट्नाक्रमका बारेमा शिक्षा मन्त्रालयले भोलि बिहान सरोकारवालासंग छलफल गर्ने

Bridge Course

विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि विहान आठ बजेदेखि छलफल गर्ने भएको छ । पछिल्लो हप्ता १५ प्रतिशत बालबालिकामा संक्रमण भएको फेलापरेपछि मन्त्रालयले छलफलका लागि बोलाएको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । भोलि बिहान (सोमबार ८ बजे) मन्त्रालयमै छलफल गर्नेगरी मन्त्रालयले सरोकारवालासंग छलफल गर्ने भएको छ ।

भोलिको सरोकारवालाको छलफल पछि कोरोना संक्रमण दर बढ्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गरेर अनलाइन माध्यमबाट पढाउन थाल्ने भन्ने निर्णय हुन सक्ने मन्त्रालय स्रोतले जानकारी दियो ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट) को संक्रमण उच्च देखिएको छ । पछिल्लो एक हप्तामा १८ वर्ष मुनीका संक्रमित मध्ये दैनिक १५ प्रतिशत बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।

चैत्र २२ यता संक्रमित बालबालिकाको अवस्था

गते कुल संक्रमित संक्रमित १८ वर्ष मुनिकाबालबालिका
२२     १७६                 १४
२३ २६६                 १६
२४     २६० २६
२५     २९८           २५
२६     ३३२           ५१
२७     २८८          ३४
२८     ३३७           ५२

                   स्रोत स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हिजो ३३७ जना संक्रमित मध्ये ५२ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । त्यसैगरी शुक्रबार कुल २८८ जना संक्रमित मध्य ३४ जना बालबालिका रहेका छन् । त्यसैगरी विहिबार ३३२ जना संक्रमित मध्ये ५१ जना बालबालिका संक्रमित भएका थिए । बुधबार कुल संक्रमित २९८ जना मध्ये २५ जना बालबालिका १८ वर्ष मुनिका रहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books