After SEE Portal

विद्यालय सञ्चालनका लागि सरोकारवालासंग छलफल गर्दै मन्त्रालय

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिकसत्र २०७७ मा विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासंग छलफलमा जुटेको छ ।

कोभिड १९का कारण चैत्र ६ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालन गरी शैक्षिक वर्ष खेर जान नदिने उद्देश्यले छलफलमा जुटेको हो ।

यो शैक्षिकसत्रमा पाठ्यक्रमले निर्धारण गरेका पाठ्यघण्टी समेत मिलान गरी शैक्षिक क्षति हुन नदिन कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याउने उद्देश्यले छलफलमा जुटेको मन्त्रालयले जानकारी दियो ।

विद्यालय सञ्चालन गर्न कार्यदल गठन

विद्यालय सञ्चालन गर्ने विषयमा कार्ययोजना बनाउन मन्त्रालयले विद्यालय शिक्षा महाशाखाका सहसचिवको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि, विद्यालय शिक्षा शाखाका उपसचिव, नेपाल शिक्षक महासंघ अध्यक्ष, प्याव्सनका अध्यक्ष, एनप्याब्सनका अध्यक्ष र नेपाल अभिभावक महासंघका अध्यक्ष सदस्य रहेका छन् ।

कार्यदलले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को मस्यौदा समेतको आधारमा कार्यायोजना बनाइन मन्त्रालयमा पेश गर्नु पर्ने छ ।

कार्यदलका सदस्यले पहिलो बैठकमा नै पाठ्यक्रमले निर्धारण गरेको पाठ्यसमय समेत मिलान गर्ने गरी वार्षिककार्यतालिकाको प्रारम्भिक विवरण सहित छलफलमा सहभागी हुन मन्त्रालयले आमन्त्रण गरेको छ ।

कार्यदलको बैठक अहिले विद्यालय शिक्षा महाशाखामा बसिरहेको मन्त्रालयका शाखा अधिकृत बालकृष्ण सिंखडाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books