CMAT

प्रश्नपत्रको गोपनीयता प्रति गम्भीर बन्न मन्त्री पौडेलको आग्रह

Bachelors Portal

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । आज अनुगमनका गर्न सानोठिमी आएका मन्त्री पौडेलले परीक्षा अगाबै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै सम्वेदनशील बन्न कर्मचारीलाई आग्रह गरेका छन् ।

‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुहोस् ।’

परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

‘जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आईटी पूर्वाधारलगायतका समस्या छन्,’ मन्त्री पौडेलले भने,े ‘यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौं ।’

त्यस्तै, कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिए । उनले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे ।

किताब समयमै विद्यार्थीको हातमा पुर्याउन शिक्षामन्त्रीको निर्देशन

जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्याउन निर्देशन दिएका छन् । आज अनुगमनका लागि केन्द्र पुगेका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले पुराना मेसिनहरुको तथ्याङक सङकलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिए । ‘कहिलेका मेसिन हुन् त्यसको तथ्यांक ल्याउनुस्’ उनले भने, ‘तथ्याङकपछि नयाँ मेसिन खरिदका लागि अर्थमन्त्रालाईलाई भनौला ।’

मन्त्री पौडेलले १ कक्षा देखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने समेत बताए ।

जनक शिक्षाले गुणस्तर छपाइ, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पुर्याउनु पर्नेमा जोड दिए ।

 

 

Thuprai - Books and E-books
I Tech store