After SEE Portal

बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्री पौडेलको आग्रह

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए ।

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए ।

‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकहरुलाई हार्दिक आग्रह गर्दछु’ मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्तत गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।’ मन्त्री पौडेलले नेपालीहरुले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गरे ।

‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएका छ,’ मन्त्री पौडेलले भने, ‘उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ बुद्धले हजारौं हजार वर्षसम्म गौतम बुद्धका उपदेशहरु जीवित रहने बताए ।

 

A Levels MA
Thuprai - Books and E-books