After SEE Portal

गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकस

Bridge Course

गणित विषयलाई उपेक्षा गरिँदै आएको पाइएको छ ।

कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारूप छलफल विगत दुइ वर्षदेखि हुँदै आएपनि गणितलाई उपेक्षा गरिएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गर्दै आएको प्रारूप र पाठ्यक्रममा विवाद पेचिलो बन्दै गएको छ ।

प्रायोगिक गणित अनिवार्य गर्न प्रारूपको मस्यौदा गराउन भनिए पनि पाठ्यक्रम विकास केन्द्रले गणित विषय रोज्न चाहेपनि रोज्न नमिल्ने गरी प्रारूप तयार गरेको म्याथमेटिकल सोसाइटी नेपालले जनाएको छ ।

विज्ञान तथा प्रविधिको मेरूदण्डका रूपमा रहेको गणितलाई राज्यले उपेक्षा गर्दै आएको गणित विषयका प्राध्यापकहरू वताउँछन् ।

विज्ञान तथा प्रविधिको मेरूदण्डका रूपमा रहेको गणितलाई राज्यले उपेक्षा गर्दै आएको गणित विषयका प्राध्यापकहरू वताउँछन्

विज्ञान तथा प्रविधिको यूगमा गणित तथा विज्ञानका विषयलाई महत्व दिन कञ्जुस्याइ गरेको पाइएको छ ।

हाल सञ्चालनमा रहेको प्रारूपमा विज्ञान विधाका विद्यार्थीले कक्षा ११ मा अंग्जि अनिवार्य र चार वटा ऐच्छिक विषयहरू गरी जम्मा पाँच विषय र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य र तीन वटा ऐच्छिक गरी पाँच वटा विषयहरू अध्ययन गर्छन् ।

तर, हाल केन्द्रले वनाएको प्रारूपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य र तीन वटा ऐच्छिक विषयहरू गरेर जम्मा ६ वटा विषय अध्ययन गर्नेछन् ।

विषयहरू पाँचबाट ६ वटा थपिए पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।

अहिलेको प्रारुपको असर

हाल सञ्चालमा रहेको प्रारूपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चारवटा ऐच्छिक विषयहरू गरी जम्मा पाँच वटा विषयहरू र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य र तीन वटा ऐच्छिक गरी जम्मा पाँच विषयहरू पढ्छन् ।

तर, अहिले केन्द्रले बनाएको प्रारूपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य र तीन वटा ऐच्छिक विषय गरी जम्मा ६ वटा पढ्नेछन् । १२ कक्षामा अंग्रेजी, नेपाली र जिवनोपयोगी, तीन वटा ऐच्छिक विषयहरू गरेर जम्मा ६ वटा पढ्न पाउने व्यवस्था गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ल्याउन खोजेको प्रारुपमा विज्ञान विषयहरु वायोलोजी, फिजिक्स र केमेस्ट्री पढ्ने विद्यार्थीहरुले चाहेर पनि गणीत विषय पढ्न पाउने छैनन् ।

अन्य देशहरूमा कतै माध्यम भाषा वाहेक अरूलाई ऐच्छिक हुनु तथा कतै गणित तथा विज्ञान विषयलाई अनिवार्य रूपमा सामेल गरिएको हुन्छ । ११ र १२ कक्षामा तीन- तीन वटा अनिवार्य विषय राखेर विद्यार्थीहरूको रूचिकर विषय पढ्न पाउने अधिकारबाट बञ्चित गराउन खोजेको देखिएको छ ।

प्रारुप गणित ओझेलमा हुँदा समस्या ? 

पाठ्यक्रम विकास केन्द्रले ल्याउन खोजेको प्रारूपमा विज्ञान विषयहरू वायोलोजी, फिजिक्स र केमेस्ट्री पढ्ने विद्यार्थीहरूले चाहेर पनि गणित विषय पढ्न पाउने छैनन् । तर, नन् क्रेडिटमा सातौं विषयको रूपमा पढ्न पाउँछन् ।

विद्यार्थीका कम रूचि भएका विषयहरू ११ र १२ कक्षामा अनिवार्य गर्ने गरिएको पाइएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books