After SEE Portal

नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति

Bridge Course

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिने शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु विरुद्ध मुद्दा दायर गरेको हो ।

कानुको अध्यापन अनुमति पत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अध्यापन अनुमति पत्र नक्कली पेश गरी नियुक्ति लिएको देखिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको र सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

A Levels MA